काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई अवसरवादीको संज्ञा दिएका छन्।
केपी शर्मा ओली नेतृत्वको नेकपा केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले प्रचण्ड र नेपाललाई अवसरवादीको संज्ञा दिँदै प्रतिक्रान्तिको डटेर सामना गर्नुपर्नेमा जोड दिएका छन्।
‘‘प्रचण्डजी र नेपालजी अवसरवादी देखिनुभयो, पदको लागि उहाँहरूले हदैसम्मको हत्कण्डा अपनाउनुभयो,’’ थापाले बैठकलाई सम्बोधन गर्दै भने, ‘‘यी दुवै अवसरवादीले ल्याउन खोजेको प्रतिक्रान्तिलाई तुफान बनेर सामना गर्नुपर्छ।’’ उनले हालै घोषणा गरेको मध्यावधि निर्वाचनलाई सफल बनाउनका लागि सबै नेता तथा कार्यकर्ताले प्रयास गर्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय प्रतिक्रान्तिलाई निरूत्साहित गर्नका लागि भएकोसमेत जनाएका छन्।
‘‘असाधारण अवस्थामा नेतृत्वले असाधारण निर्णय लिनुपर्ने हुन्छ, जुन अहिले भएको छ,’’ थापाले अगाडि भने, ‘‘निर्वाचनमा जाने निर्णय असाधारण भए पनि त्यसले क्रान्तिलाई सफल पार्ने छ, यसमा विश्वस्त हुन सबैलाई आग्रह गर्दछु।’’
निर्वाचनको विकल्प नभएको जनाउँदै गृहमन्त्री थापाले केन्द्रीय कमिटी सदस्यहरूलाई त्यसको माहोल बनाउन अपिलसमेत गरेका छन्।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई अवसरवादीको संज्ञा दिएका छन्।केपी शर्मा ओली नेतृत्वको नेकपा केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले प्रचण्ड र नेपाललाई अवसरवादीको संज्ञा दिँदै प्रतिक्रान्तिको डटेर सामना गर्नुपर्नेमा जोड दिएका छन्।

">