काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहले कसैलाई निष्कासन नगरेको भन्दै मूलधारमा फर्कन अनुरोध गरेका छन्।
पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा लागेको सांसद र केन्द्रीय सदस्यसहितलाई इंगित गर्दै मूलधारमा फर्कन उनले आज आग्रह गरेका हुन्।
“नेकपाले कसैलाई पनि हटाउने, निष्कासन गर्ने र अपमान गरेको छैन, सबैलाई समान व्यावहार गरेको छ,” ओलीले भने, “त्यसैले सबैलाई म नेकपाको मूलधारमा समाहित हुन आग्रह गर्दछु।”
सचिवालय, स्थायी कमिटी र केन्द्रीय सदस्यसहित पार्टीका तल्ला कमिटीमा रहेकालाई पनि निष्कासन नगर्ने प्रतिबद्धता ओलीले जनाएका छन्।
ओली नेतृत्वको नेकपाले प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर सो स्थानमा प्रदीप ज्ञवालीलार्ई जिम्मेवारी दिनेबाहेक कसैलाई पनि निष्कासन गरेको छैन तर प्रचण्ड-नेपाल समूहले भने ओलीलाई अध्यक्षको जिम्मेवारीबाट बर्खास्त गर्दै सो स्थानमा नेपाललाई अध्यक्षको जिम्मेवारी दिएको छ।
प्रचण्ड-नेपाल समूहमा लागेका भनिएका केन्द्रीय कमिटीका सदस्यको नाम समावेश गरी ओलीले निर्वाचन आयोगमा विवरण बुझाएका छन् भने प्रचण्ड-नेपाल समूहले ओली पक्षका केन्द्रीय सदस्यको नाम काटेर निर्वाचन आयोगमा २८७ जनाको मात्रै नाम पेश गरेको छ।
ओलीले प्रतिनिधिसभा विघटन तथा बैशाखको मध्यावधि निर्वाचनको घोषणाको विरोधमा प्रचण्ड-नेपाल समूहले प्रवक्ता श्रेष्ठलाई कमाण्डर बनाएकोमा व्यङ्ग्य गरेका छन्। ‘खुट्टी हेर्दै चाल पाइयो’ ओलीको संक्षिप्त व्यङ्ग्य थियो।
" /> काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहले कसैलाई निष्कासन नगरेको भन्दै मूलधारमा फर्कन अनुरोध गरेका छन्।पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा लागेको सांसद र केन्द्रीय सदस्यसहितलाई इंगित गर्दै मूलधारमा फर्कन उनले आज आग्रह गरेका हुन्।

">