काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफूसँग राजनीतिक विभाजन गरेर अलग भएका समूहका नेताहरू चुनावमा जान डराएको आरोप लगाएका छन्।
बालुवाटारस्थित तेस्रो केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै ओलीले आफूसँग राजनीतिक विभाजन गरेर अलग भएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचनमा जान डराएर आन्दोलनमा लागेको आरोप लगाएका छन्।
“उहाँहरुलाई जनमतदेखि सधैँ डर लाग्छ, निर्वाचन भएमा प्रधानमन्त्री र अध्यक्ष हुन पाइँदैन भन्ने भयले गाँजेको छ, घालमेल गरेर प्रधानमन्त्री र अध्यक्ष हुने बानी जो परेको छ,” ओलीले प्रचण्ड-नेपाल समूहलाई सोधेका छन्, “चुनावमा जान किन डराएको? आन्दोलन किन गर्न खोजेको हो?”
ओलीले निर्वाचनमार्फत् बहुमत ल्याएर प्रधानमन्त्री र महाधिवेशनबाट कार्यकर्ताको मन जितेर अध्यक्ष हुने बाटो छाडेर आन्दोलनतिर लागेकोसमेत आरोप लगाएका छन्।