उपनिर्वाचनः दाङमा १६ उम्मेदवारको जमानत जफत
तुलसीपुर। उपनिर्वाचनमा दाङमा १६ जना उम्मेद्वारको जमानत जफत भएको छ।

निर्वाचनमा सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत हुने कानूनी व्यवस्था छ । त्यस्तो उम्मेदवारले धरौटीबापत राखेको रकम फिर्ता पाउँदैन ।

उपनिर्वाचन अन्तर्गत क्षेत्र नम्बर ३ को प्रदेशसभा २ का १२ र घोराही उपमहानगरपालिका–१६ का चारजना उम्मेदवारको जमानत जफत भएको हो।

मुख्य निर्वाचन अधिकृत रितेन्द्रबहादुर थापाले प्रदेशसभा सदस्यका १४ जना उम्मेदवारमध्ये १२ जनाको जमानत जफत भएको बताए।

यहाँ  २४ हजार २८६ मत ल्याएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की विमला खत्री (वली) विजयी भएकी थिइन्।

नेपाली कांग्रेसका केशवराज शर्मा (आचार्य) ले  १९ हजार १८२ मत ल्याए।  ती बाहेक सबै उम्मेदवारको जमानत जफत भएको छ।

राप्रपाका भुपाल रावतले २२५, राप्रपा संयुक्त छोटीलाल थारूले १३८, नेकपा मालेका हरिप्रसाद डाँगीले १०३, साझा पार्टीका शिवकुमार चौधरीले २६६, नेमकिपाका सुरेश परियारले १५ मत ल्याए।

त्यस्तै जनमुक्ति पार्टीका धनराज स्वर्णकारले ११, मङ्गोल नेशनल पार्टीका घनश्याम चौधरीले ९०, लोकतान्त्रिक पार्टीका झरेन्द्रबहादुर खत्रीले २६ मत र कांग्रेस बिपी पार्टीका दीपककुमार धितालले दुई मत प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेदवार गोविन्द केसी दुई र अर्का स्वतन्त्र उम्मेदवार टीकाराम आचार्यले चार मत प्राप्त गरेका छन् । उपनिर्वाचनमा ४५ हजार ७१८ मत खसेको थियो । निर्वाचनमा ७९७ मत बदर भएको थियो।

दाङ क्षेत्र नं ३ को प्रदेशसभा २ मा जम्मा ४५ हजार ७१८ मत खसेकामा ७९७ मत बदर भएको थियो ।

त्यस्तै घोराही उपमहानगरपालिका–१६ का चारजना उम्मेदवारको जमानत जफत भएको छ ।

सात जनाले उम्मेदवारी दिएकामा नेपाली कांग्रेसका ताराबहादुर डाँगीले एक हजार २२२ मत ल्याएर विजय भएका थिए।

निकटतम प्रतिद्वन्द्वी नेकपाका सुरेशबहादुर केसीले एक हजार ११७ प्राप्त गरे । स्वतन्त्र उम्मेदवार जगलाल चौधरीले ७२० मत ल्याए।

विमला पुन (सङ्घीय समाजवादी) ३१, प्रकाश केसी (राप्रपा) १९,  पहलमान आलेले (नेशनल मङ्गोल) ३०, समीर वली (स्वतन्त्र) २३ मत प्राप्त गरेका छन्।

उनीहरू चारैजनाको भने जमानत जफत भएको छ।

घोराही–१६ मा खसेको तीन हजार २२६ मतमा ६८ बदर भएको थियो। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्