काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको नेपाली कांग्रेसको बैठक आज पनि बस्दै छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
बैठकमा नेताहरूले आज पनि धारणा राख्ने छन्। हालसम्म नेताहरू महेश आचार्य, एनपी साउद, डा. रामशरण महत, बलबहादुर केसी, आनन्दप्रसाद ढुङ्गाना, गगनकुमार थापा, प्रकाशमान सिंह, विमलेन्द्र नीधि र अर्जुननरसिंह केसीले धारणा राखेका छन्।
सरकारले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले त्यसविरुद्ध संघर्षका कार्यक्रम तय गर्न भन्दै केन्द्रीय समिति बैठक आह्वान गरेको हो।
हिजो बसेको कांग्रेसको बैठकले पुसको १३ गते १६५ वटै संसदीय निर्वाचन क्षेत्रमा क्षेत्रीय कार्य समितिको आयोजनामा सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको छ।
बैठकमा प्रदर्शन गर्ने कि नगर्ने भन्नेमा अझै पनि नेताहरूबीच भने मतभेद हुँदै आएको छ।
" /> काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको नेपाली कांग्रेसको बैठक आज पनि बस्दै छ।पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

">