काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस १७ गते काठमाडौंमा हुने उपत्यकाव्यापी वृहत जनप्रदर्शनलाई सशक्त र प्रभावकारी बनाउने निर्णय गरेकाे छ।
आज पार्टीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले उक्त निर्णय गरेकाे हाे। बैठकमा अध्यक्षद्वय पशुपति शम्शेर जबरा र कमल थापासमेतको उपस्थिति रहेको थियो।
बैठकले आगामी पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा ७७ जिल्लामा कोरोना महामारीलाई दृष्टिगत गर्दै सामाजिक दूरी र स्वास्थ मापदण्डको नियम पालना गरी कार्यकर्तामाझ कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेकाे छ।
साथै, पार्टीको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण कार्यक्रम केन्द्रीय नेता एवं प्रतिनिधिको उपस्थितिमा ७७ जिल्लामा पुस महिनाभित्र सम्पन्न गर्ने निर्णय बैठकले गरेकाे जानकारी दिइएकाे छ।
" /> काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस १७ गते काठमाडौंमा हुने उपत्यकाव्यापी वृहत जनप्रदर्शनलाई सशक्त र प्रभावकारी बनाउने निर्णय गरेकाे छ।आज पार्टीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले उक्त निर्णय गरेकाे हाे। बैठकमा अध्यक्षद्वय पशुपति शम्शेर जबरा र कमल थापासमेतको उपस्थिति रहेको थियो।

">