काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीपरिषद विस्तार गर्ने भएका छन्।
सरकारले प्रतिनिधिसभा विघटन गरी मध्यावधी निर्वाचनमा जान गरेको निर्णयविरुद्ध सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै असन्तुष्ट पक्षका सात मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका पद पूर्तिका लागि मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन्।
सात रिक्त पदमा नयाँ मन्त्रीको नाम चयन गर्नका लागि प्रधानमन्त्री एवं नेकपाका प्रथम अध्यक्ष ओली अहिले आफू निकट शीर्ष नेताहरुसँग छलफलमा रहेको परराष्ट्र मन्त्री एवं पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले देखापढीलाई जानकारी गराए। उनका अनुसार प्रधानमन्त्रीले त्यही कारण आजको मन्त्रिपरिषद बैठक ६ बजेबाट साँझ ८ बजेलाई सारेका छन्।
æमन्त्रीहरुले राजीनामा दिएर खाली रहेका सात वटै मन्त्रालयमा नयाँ मन्त्री आज नियुक्त हुनेछ। यसका लागि पार्टीमा सल्लाह भइरहेको छ,Æ मन्त्री ज्ञवालीले भने। तर उनले मन्त्रिपरिषद विस्तार गर्दा नियुक्त हुने मन्त्रीहरुको नाम भने खुलाएनन्।
पार्टीभित्रको कलहका कारण सरकारले काम गर्न नपाएको भन्दै मन्त्रिपरिषदले प्रतिनिधिसभा विघटन गरी वैशाखमा चुनाव गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। राष्ट्रपति विध्यादेवी भण्डारीले सरकारको सिफारिस सदर गर्दै वैशाखको १७ र २७ गतेका लागि निर्वाचनको मिति तोकेकी थिइन।
प्रतिनिधिसभा विघटनको निर्णयमाथि असहमति जनाउँदै नेकपाका अर्का अध्यक्ष पुश्पकमल दाहाल प्रचण्डको नेतृत्वमा वरिष्ठ नेता माधवकुमार नेपालसहित रहेको असन्तुष्ट पक्षका सात मन्त्रीले राजीनामा गरेका थिए। सामूहिक राजीनामा दिनेमा कृषि मन्त्री घनश्याम भुषाल, पर्यटन मन्त्री योगेश भट्टराई, उर्जा मन्त्री वर्षमान पुन, शिक्षा मन्त्री गिरिराजमणी पोखरेल, बन मन्त्री शक्ति बस्नेत, श्रम मन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री विना मगर छन्।