काठमाडौं। नेपाल सरकारका नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज नयाँ मन्त्रीहरू थप गरी मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। नवनियुक्त मन्त्रीहरूले शितलनिवासमा आजै साँझ राष्ट्रपतिबाट शपथ लिएका हुन्।
पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री भएका छन्। मणि थापा खानेपानी तथा सरसफाइ, प्रभु साह सहरी विकास र प्रेम आले वन तथा वातावरणमन्त्री भएका छन्।
त्यस्तै गणेश ठगुन्ना संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र गौरीशंकर चौधरी श्रम तथा राेजगारमन्त्री भएका छन्। दावा लामाले युवा तथा खेलकुदमन्त्रीकाे जिम्मेवारी पाएका छन्।
जुलीकुमारी महतो महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री र विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेका छन्।
प्रधानमन्त्री ओलीले पुराना मन्त्रीहरुकाे जिम्मेवारीमासमेत हेरफेर गरेका छन्। जसअनुसार कृष्णगोपाल श्रेष्ठले शिक्षा, विज्ञान तथा प्रविधि, हृदयेश त्रिपाठीले स्वास्थ्य तथा जनसंख्या, भानुभक्त ढकालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, पद्मा अर्यालले कृषि तथा पशुपक्षी विकास, शिवमाया तुम्बाहाङफेले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण तथा लिलानाथ श्रेष्ठले कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीकाे जिम्मेवारी पाएका छन्।
मन्त्रिपरिषद् पुनर्गठनका क्रममा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोतिलाल दुगडलाई हटाइएकाे छ।
सरकारकाे सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिसभा विघटन गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का असन्तुष्ट समूह पुष्पकमल दाहाल-माधवकुमार नेपाल पक्षका मन्त्रीहरुले राजीनामा दिएका थिए। त्यसपछि रिक्त रहेकाे मन्त्रालयहरुमा प्रधानमन्त्री ओलीले आज नयाँ मन्त्री नियुक्त गरेका हुन्।
" /> काठमाडौं। नेपाल सरकारका नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीले आज नयाँ मन्त्रीहरू थप गरी मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। नवनियुक्त मन्त्रीहरूले शितलनिवासमा आजै साँझ राष्ट्रपतिबाट शपथ लिएका हुन्।

">