वीरगञ्ज। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकले भोग्नुपरेको संकट अनि व्याप्त कुशासन र भ्रष्टाचारको अन्त्यका लागि ताजा जनादेशमा जानु उपयुक्त विकल्प र अवसर भएको बताएका छन्।
आज पर्साको वीरगञ्जमा आयोजित विरोध प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै थापाले अदालतमा भएको विषयमा धेरै चर्चा गर्नु सान्दर्भिक नहुने बताए। सरकारले काम गर्न नसकेको, कुर्सी, सत्ता र भ्रष्टाचारको भागबन्डाका कारण देश र जनताले संकट भोग्नु परिरहेको उनले बताए।
प्रचण्ड र ओलीको झगडा जनता र देश हितको लागि नभइ भागबन्डा र स्वार्थमा केन्द्रित भएको उनकाे आराेप छ। नेकपाभित्रको अन्तरविरोध र कलहको बोझले देशलाई दुर्घटनातर्फ उन्मुख बनाएको थापाको टिप्पणी थियो।
व्यक्ति परिवर्तनले समस्या समाधान नहुने भन्दै थापाले गलत नीति र बाटोमै परिवर्तन गर्नुपर्नेमा जोड दिए।
" /> वीरगञ्ज। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकले भोग्नुपरेको संकट अनि व्याप्त कुशासन र भ्रष्टाचारको अन्त्यका लागि ताजा जनादेशमा जानु उपयुक्त विकल्प र अवसर भएको बताएका छन्।आज पर्साको वीरगञ्जमा आयोजित विरोध प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै थापाले अदालतमा भएको विषयमा धेरै चर्चा गर्नु सान्दर्भिक नहुने बताए। सरकारले काम गर्न नसकेको, कुर्सी, सत्ता र भ्रष्टाचारको भागबन्डाका कारण देश र जनताले संकट भोग्नु परिरहेको उनले बताए।

">