काठमाडौं। सत्तारुढ पार्टी नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन र नयाँ जनादेशका निम्ति तिथि घोषणा गरिदिएपछि नेपाली राजनीति तरंगित हुन पुगेको छ। दूईतिहाइको बहुमतका साथ सरकार स्थिर ढंगमा चलिरहेको अवस्थामा संसद भंग भएपछि यस विषयले देशविदेशका सञ्चार माध्यमलाई गतिलो खुराक मिलेको छ।
चिनियाँ सञ्चारमाध्यममा केकस्ता समाचार आइरहेका छन् भन्नेबारे नेपालमा खासै चासो रहँदैन। कारण, भाषा र त्यहाँका सञ्चार माध्यममा रहेको कमजोर पहुँच। तर, भारतीय सञ्चार माध्यममा आएका समाचारले चासो राख्ने सामान्य वर्गलाई मात्र होइन स्वयम् राजनीतिकर्मीलाई पनि प्रभावित पार्ने गरेको छ।
संसद् विघटन र नयाँ निर्वाचनको तिथिसँगै जोडिएर दुवै छिमेकी चीन र भारतको सत्तालाई नेपालको राजनीतिमाथि चासो बढेर गएको देखिएको छ। यस सन्दर्भमा चीनको बढ्दो चासोलाई लिएर भारतीय सञ्चार माध्यम बढी चिन्तित हुन पुगेका छन्।
संसद् विघटनपूर्व भारतका प्रभावशाली पदमा रहेका विभिन्न व्यक्तिले नेपाल भ्रमण गर्दै यहाँका थुप्रै महत्वपूर्ण पदाधिकारीसँग भेटवार्ता गरे। सोही छेकोमा चीनका केही व्यक्ति पनि नेपाल नआएका भने होइनन्। दुवै देशका अधिकारीले नेपालको राजनीति सङ्लँदै जाओस् भन्ने नै मनशाय राखेर भ्रमण गरेको देखियो। तर, जब आइतबार चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विङका उपमन्त्री कुओ ये चौ एक उच्चस्तरीय टोलीका साथ नेपाल आए तब भारतीय सञ्चार माध्यमले ‘नेपालमा चिनियाँ हस्तक्षेप भइरहँदा पनि भारत के हेरेर बसिरहेको छ’ भन्ने आशयका समाचार प्रकाशित गर्न थाले। यो समयमा भएको चिनियाँ टोलीको भ्रमणको नेपालमा समेत आलोचना भएको छ।
नेपालको सत्ताधारी दल नेकपा अहिले स्पष्ट दुई धारमा विभक्त भएको छ। यसले चीनको सत्तालाई चिन्ता हुन पुगेको अनुमान गर्न सकिन्छ। चीन नेपाली कम्युनिस्ट पार्टी मिलेर बसून् भन्ने चाहना राख्छ। यही कारण जिम्मेवार पदाधिकारी काठमाडौं ओर्लिएका हुन्।
यहाँ राजनीतिक संकट प्रकट हुँदै गर्दा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटिन्। यसलाई लिएर पनि भारतीय सञ्चार माध्यमले नेपालको आन्तरिक मामिलामा चीनको सीधा दख्खल देखे र सोही व्यहोराको समाचार नियमित प्रस्तुत गरे।
चीनले नेपालको राजनीतिक या अन्य मामिलामा विगतमा खासै चासो राख्दैनथ्यो। विशेषगरी नेपालको पछिल्लो परिवर्तन (२०६२-६३)पछि चीनले विस्तारै नेपालबारे चासो बढाउन थालेको हो। त्यसअघि नेपालमा एकल चासो राख्ने भारतमात्रै देखिन्थ्यो।
सोही समयपछि चीनले नेपालमा लगानी पनि वृद्धि गर्दै लगेको छ। अहिले त नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) नै पनि चीनबाट अधिक भएको छ। आफ्नो लगानी भएपछि सम्बद्ध देशको आन्तरिक अवस्थाबारे चिन्ता गर्नु मनासिब नै हो।
चीनका लागि नेपाल अर्को हिसाबमा पनि महत्वपूर्ण देश हो। लामो समयदेखि विवादित क्षेत्र रहेको तिब्बतबारे कुनै पनि क्रियाकलाप नेपालमा नहुन् भन्ने चाहना चीनले राख्दै आएको छ। त्यसकारण पनि चीन नेपालमा राजनीतिक स्थिरता देख्न चाहन्छ।
चीन यतिखेर विश्व शक्ति बन्ने दौडमा छ। उसको दौडले अर्को छिमेकी भारतलाई चिन्ता थपिदिएको छ। ऊ पनि यस्तै दौडमा रहेका कारण पनि नेपाललाई आफ्नो विश्वासमा लिने होड दुई देशबीच बढेको बुझ्न गाह्रो छैन।
विस्तारै नेपालमाथिको चासो उत्तर र दक्षिण दुवैतर्फबाट बढ्दो छ। यो चासोले ‘हस्तक्षेप’को रुप लिनु कदापि हुँदैन। नेपालले आफ्नो आन्तरिक कचिंगल आफैं किनारा लगाउन सक्नुपर्छ। यति गर्न सक्दा छिमेकीको चासो हस्तक्षेप बन्न पाउने छैन।