काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को असन्तुष्ट समूहका एकजना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन्।
धन्यवाद दिनुको कारण, ओलीले जनताको बीचमा जाने मुद्दा दिएको उनले बताएका छन्।
काठमाडौँमा जनसांस्कृतिक महासंघले आयोजना गरेको एक कार्यक्रममा प्रचण्डले भनेका छन्, “मैले आज एक अन्तर्वार्तामा भनेको छु, केपीजी तपाईँलाई धन्यवाद! तपाईँले हामीलाई जनतामा जाने मुद्दा दिनुभयो र नारा दिनुभयो।”
गणतन्त्र, संघीयता, लोकतन्त्र र जनतापक्षमा लड्ने मुद्दा दिएको पनि प्रचण्डले उक्त कार्यक्रममा बताए। यससँगै उनले अर्कोपटक हुने चुनावमा जित्ने दाबी गरे।
फरक प्रसङ्गमा उनले दुई÷चार महिनापछि रामबहादुर थापा ‘बादल’ आफ्नो समूहमा आउने बताए।
“दुई/चार महिनामा उहाँ आउनुहुन्छ, आएपछि हामी क्षमा दिन्छौँ,” उनले भने, “क्षमा दिन हामी सिपालु छौँ।”
" /> काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को असन्तुष्ट समूहका एकजना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन्।धन्यवाद दिनुको कारण, ओलीले जनताको बीचमा जाने मुद्दा दिएको उनले बताएका छन्।

">