काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटनविरुद्ध अदालतमा विचाराधीन रहेको मुद्दामा नबोल्ने बताएका छन्।
भक्तपुरमा आयोजित पार्टीको प्रदर्शनलाई सम्बोधन गर्दै उनले अदालतको फैसला मान्दै आएको हुनाले विचाराधीन मुद्दामा थप नबोल्ने प्रष्ट पारे। उनले यो वा त्यो गर भनेर सर्वोच्चलाई दबाब दिन नहुने बताए।
सभापति देउवाले यसअघि पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा पनि प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्न नहुने पक्षमा थिए।
उनले सर्वोच्चको फैसलालाई कुर्नुपर्ने र त्यसपछि मात्रै प्रदर्शन गर्ने कि नगर्ने निक्र्योल गर्नुपर्ने बताएका थिए।
" /> काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटनविरुद्ध अदालतमा विचाराधीन रहेको मुद्दामा नबोल्ने बताएका छन्।भक्तपुरमा आयोजित पार्टीको प्रदर्शनलाई सम्बोधन गर्दै उनले अदालतको फैसला मान्दै आएको हुनाले विचाराधीन मुद्दामा थप नबोल्ने प्रष्ट पारे। उनले यो वा त्यो गर भनेर सर्वोच्चलाई दबाब दिन नहुने बताए।

">