"भावी महासचिवका लागि पूर्व एमाले र पूर्व माओवादी दुवैतर्फबाट दाबी प्रस्तुत भएका छन्," प्रचण्ड निकट एक नेताले भने, "त्यसमा पनि माधव नेपाल र झलनाथ खनालले आ-आफ्नो दाबी प्रस्तुत गर्नुभएको छ, जसकाकारण अझैसम्म महासचिव चयन हुन नसकेको हो।"
उनका अनुसार गत पुस ९ गते महासचिव चयन गरी केन्द्रीय समितिमा प्रस्ताव गर्ने भनिए पनि अन्तिम समयमा विवाद बढे पछि मुल पार्टीबाट अलग्गिएर नेकपाकै नाममा गतिविधि गरिरहेको दाहाल-नेपाल समूहले महासचिव चयनको जिम्मा स्थायी कमिटीलाई दिएको थियो।
स्थायी कमिटीलाई जिम्मा दिनुअघि समूहका अध्यक्षद्वय प्रचण्ड र नेपालले भावी महासचिवको रूपमा सुरेन्द्र पाण्डेको नाममा अनौपचारिक सहमतिसमेत गरिसकेका थिए। पाण्डेलाई महासचिव बनाउने सहमतिअनुसार सोही दिनको केन्द्रीय कमिटी बैठकमा प्रस्ताब प्रस्तुत गर्ने तयारी भए पनि अन्तिममा विवाद देखा परेपछि रोकिएको थियो।
खासमा प्रचण्ड र नेपाल दुवै अध्यक्ष पाण्डेलाई महासचिव बनाउन सहमत भएको सूचना पाएपछि मुख्यतः पूर्व माओवादी नेताहरूले त्यसमा आपत्ति जनाउँदै आफ्नो पक्षका नेतालाई महासचिव बनाउनु पर्ने भन्दै दबाब तिब्र बनाएका थिए। प्रचण्ड-नेपाल समूहमा विघटित प्रतिनिधिसभाका सांसद मात्रै होइन, केन्द्रीय कमिटीमा पनि पूर्व माओवादी समूहका सदस्य बढी भएको तर्क गर्दै भावी महासचिव माओवादीबाट हुनु पर्ने भन्दै पूर्व माओवादी नेताहरुले प्रचण्डसँग जोड गरेका थिए।
"प्रतिनिधिसभामा पनि पूर्व माओवादीको बाहुल्य छ भने केन्द्रीय कमिटीमा पनि पूर्व माओवादीको नै छ। सबैतिर पूर्व माओवादीको बाहुल्य भएपछि पूर्व एमालेलाई कसरी महासचिव दिन सकिन्छ ?" दाहाल-नेपाल समूहका एक असन्तुष्ट नेताले भने, "हिजो पार्टी एक हुदाँ बहुसंख्यक पूर्व एमालेको भएकाले अध्यक्ष र महासचिव उनीहरूलाई दिइएको थियो, त्यो अवस्था अहिले ठिक उल्टो छ।त्यसैले महासचिव माओवादीबाट नै हुनुपर्छ।"
उनका अनुसार विघटित प्रतिनिधिसभाका ५२ सांसद पूर्व माओवादीबाट छन् भने पूर्व एमालेबाट जम्मा ३७ जना छन्। त्यो पनि औपचारिक रूपमा पार्टी विभाजन भएको अवस्थामा ती सबै रहनेमा दाहाल-नेपाल समूह ढुक्क छैन।
सांसद र केन्द्रीय सदस्यकाे बहुमत भए पनि पूर्व माओवादीबाट महासचिव हुन सकेनन् भने एकीकृत पार्टीमा भएको समस्या पुन: प्रचण्ड-नेपाल समूहमा पनि देखापर्नेछ र नयाँ पार्टीमा एमाले हावी हुने माओवादीहरूको भय छ।
"महासचिव बिना, माइनुट बिना चाहेर पनि बैठक बसाउन नसकेको त हिजो हामीले भोगिसकेका छौं। त्यसमाथी निर्वाचन आयोगलगायत अन्य सरकारी र वैधानिक निकायमा पत्राचार महासचिव बिना हुन नसक्ने पनि त देखियो। भोलि प्रचण्डले भने अनुसार एमालेबाट हुने महासचिवले गरिदिएनन् भने के हुन्छ ?" महासचिवको नियुक्ति पूर्व एमाले समूहलाई नभइ माओवादीबाट हुनुपर्ने संख्यात्मक तथा व्यवहारिक आधार उनले यसरी व्यक्त गरे।
त्यसो त पूर्व एमाले समूहबाट पाण्डे मात्रै होइन, महासचिवमा भीम रावलले पनि दाबी गरेका छन्। तत्कालिन एमालेका उपाध्यक्ष भएकाले पाण्डे भन्दा आफू वरिष्ठ भएको तर्क गर्दै रावलले महासचिवमा दाबी प्रस्तुत गरिरहेका छन्। यसैगररी युवा पुस्ताका नेताले घनश्याम भुषाललाई महासचिवको रूपमा अगाडी सारेका छन्।
केपी शर्मा ओलीले दोस्रो पुस्तालाई अगाडी बढाउने प्रस्ताब अघि सारिरहेको अवस्थामा नेकपा भित्रको सैद्धान्तिक विषय पनि भुषालक पास भएको सन्दर्भमा त्यसलाई कार्यान्वयन गर्न सजिलो हुने भन्दै उनको नाम भावी महासचिवका लागि प्रस्तुत गरिएको छ।
उता, पूर्व माओवादी समूहबाट यसअघि नै महासचिव भईसकेका कृष्णबहादुर महरालाई दोहोर्याउनु पर्नेमा प्रचण्डले जोड दिएका छन्। "महराजीलाई महासचिव बनाएर अगाडि लैजान प्रचण्ड सहमत हुनुहुन्छ तर रोशनी शाही प्रकरणले गर्दा उहाँ हच्किन पुग्नु भएको छ" प्रचण्ड निकट एक नेताले भने, "तर, महासचिवमा वर्षमान पुन र जनार्दन शर्माले पनि दाबी प्रस्तुत गर्नुभएको छ।"
पुनले जनजाति समूहबाट महासचिव बनाएर अगाडि ब९े समावेशी र समानुपातिक प्रतिनिधित्वको कार्यान्वयन भएको सन्देश जाने तर्क गर्दै आफ्नो दाबी प्रस्तुत गरेका छन्।
जवकि, पूर्व एमाले समूहलाई पनि मिलाउन सक्ने क्षमता पुन भन्दा आफूसँग भएको भन्दै शर्माले दाबी गरेका छन्। यसअघि पार्टी एकीकरणको क्रममा पूर्व एमालेहरूसँग घनिभुत वार्ता गराउन सक्रिय भएको भन्दै पूर्व एमाले समूहले आफूलाई मन पराउने शर्माको दाबी छ। पूर्व माओवादीबाट अरुलाई बनाउदाँ पूर्व एमालेहरू सशंकित हुने भन्दै आफूलाई मध्यमार्गी नेताको रूपमा पूर्व एमालेहरुले बुझ्ने शर्माको तर्क छ। शर्माले यस अघि पनि झन्डै-झन्डै आफू सचिवालय सदस्य भइसकेको प्रसङ्ग जोडदै महासचिवमा आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्।
" /> काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको संयुक्त नेतृत्व रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र दाहाल र नेपाल दुवै पक्षले दाबी प्रस्तुत गरे पछि महासचिव चयन हुन सकेको छैन। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीबाट अलग भएर सडक संघर्षमा गएको प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले महासचिव चयन गर्न नसकेकै कारण आफ्ना सम्पूर्ण गतिविधि महासचिव बिना नै सञ्चालन गरिरहन बाध्य हुनुपरेको छ।"भावी महासचिवका लागि पूर्व एमाले र पूर्व माओवादी दुवैतर्फबाट दाबी प्रस्तुत भएका छन्," प्रचण्ड निकट एक नेताले भने, "त्यसमा पनि माधव नेपाल र झलनाथ खनालले आ-आफ्नो दाबी प्रस्तुत गर्नुभएको छ, जसकाकारण अझैसम्म महासचिव चयन हुन नसकेको हो।"

">