‘भारतीय सेना- कालापानी छोड’ भन्दै प्रचण्ड-नेपाल समूहको जुलुस भृकुटीमण्डप पुग्यो

काठमाडौं। काठमाडौंका विभिन्न स्थानबाट निस्केको नेपाल कम्युननिस्ट पार्टी (नेकपा)को असन्तुष्ट समूह (अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल) को जुलुसहरु भृकुटीमण्डप पुगेका छन्।

जुलुस भृकुटीमण्डप पुगेर सभामा परिणत भएको छ।

जुलुस भद्रकाली-रत्नपार्क-बागबजार-पुतलीसडक हुँदै भृकुटीमण्डप पुगेको थियो। प्रचण्ड-नेपाल समूहको जुलुसमा ‘भारतीय सेना-कालापानी छोड’ भन्दै नारा लगाइएको थियो।

आजको विरोधसभालाई प्रचण्ड, नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्ने छन्।

प्रतिनिधिसभा विघटन विरूद्ध आज प्रचण्ड–नेपाल समूहले शक्ति प्रदर्शन गरेको हो। उपत्यकाको १३ स्थानबाट आज जुलुस निकालिएको थियो।

प्रतिक्रिया दिनुहोस्