प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानवाद र लोकतन्त्रलाई जर्वजस्ती कुल्चिदाँ पनि भारत मौन बसेको भन्दै त्यसविरुद्ध लाग्न आफूले भारतको नैतिक समर्थन खोजेको प्रचण्डले बताएका छन्।
शान्ति प्रक्रिया र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भारतले विगतमा नैतिक समर्थन दिए पनि अहिले आफूहरुको आन्दोलनलाई सहयोग नगरेको प्रचण्डको भनाई छ।
“यो शान्ति प्रक्रिया, यो संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको प्रक्रियामा भारतको पक्कै पनि नैतिक समर्थन सहयोग रहेको कुरा इतिहासमा स्थापितै छ,” प्रचण्डले टेलिभिजन कार्यक्रम फायर साइडमा दिएको अन्तवार्तामा भनेका छन्।
प्रचण्डले आफूले साथ नपाएका कारण भारतको आलोचना गरेको अर्थमा नबुझ्न पनि आग्रह गरेका छन्।
“अहिले यो संकटमा परेको बेला मौन बसिराख्नु चाँही त्यति स्वभाविक जस्तो लाग्दैन्। तर यो आलोचना नबुझियोस फेरी, मैले आलोचना गरिएको भन्ने अर्थमा नबुझियोस। त्यो अर्थमा नबुझियोस,” अन्तवार्तामा उनले भारतको आलोचना गरेको रुपमा नुबुझ्न बारम्बार आग्रह गरे।
तर, प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको विरोध नगरेर मौन बसेपछि ‘आश्चर्यचकित’ भएका प्रचण्डले आफ्नो आन्दोलनलाई पहिला झै नैतिक समर्थन गरिदिन भने भारतसमक्ष आग्रह गरेका छन्। “संविधानवाद र लोकतन्त्रमाथी जर्वजस्त कुल्चिन खोजिएको छ। मैले नैतिक समर्थन (भारत) को खोजेको छु,” प्रचण्डले भने।
प्रचण्डले भारतीय सत्तारुढ पार्टी भाजपाको मुखपत्रमा ओलीको भुमिकाको प्रशंशा गरिएको उल्लेख गर्दै भारत ओलीको पक्षमा रहेको पनि आरोप लगाएका छन्।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग अलग भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतसँग नैतिक समर्थन खोजेका छन्।प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानवाद र लोकतन्त्रलाई जर्वजस्ती कुल्चिदाँ पनि भारत मौन बसेको भन्दै त्यसविरुद्ध लाग्न आफूले भारतको नैतिक समर्थन खोजेको प्रचण्डले बताएका छन्।

">