कर्णाली। प्रचण्ड-माधव नेपाल पक्षधर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेत्री रामकुमारी झाँक्रीले विधिको शासन स्थापना गर्न आन्दोलनमा गएको बताएकी छिन्।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज आयोजित विरोधसभामा नेत्री झाँक्रीले न्यायपालिकालाई जनताको आवाज सुनाउन देशभर विरोध प्रदर्शन गरिएको बताइन्। संविधानको अन्तिम व्याख्या गर्ने सर्वोच्चले लोकतन्त्रको पक्षमा फैसला गर्ने भन्दै उनले न्यायालयले जनता र लोकतन्त्रलाई केन्द्रमा राखेर फैसला गर्ने कुराप्रति आफूहरू पूर्ण विश्वस्त रहेको बताइन्।
न्यायालय कोहीकसैबाट प्रभावित हुन नहुने विचार व्यक्त गर्दै नेत्री झाँक्रीले भनिन्, “विधिको शासन कायम गर्ने अन्तिम जिम्मेवारी अब न्यायालयको काँधमा आइपुगेको छ। सङ्घीयतालाई बलियो बनाउन संसद् पुनःस्थापना हुनै पर्छ।”
जनताले समृद्धिको आशासहित नेकपालाई दिएको बहुमतलाई वर्तमान सरकारले दुरुपयोग गरेको उनको आरोप थियो।
विरोधसभामा नेकपाका केन्द्रीय सदस्यत्रय नरबहादुर विष्ट, विन्दमान विष्ट र झकबहादुर मल्लले सङ्घीयता खतरामा परेको र त्यसको रक्षाका निम्ति संसद् पुनर्स्थापना अपरिहार्य रहेको दावी गरेका छन्। आज प्रचण्ड-माधव नेपाल पक्षधर नेकपाले कर्णालीका १० वटै जिल्लामा विरोध प्रदर्शनका साथै सभा कार्यक्रम सम्पन्न गरेका छन्।
रासस
" /> कर्णाली। प्रचण्ड-माधव नेपाल पक्षधर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेत्री रामकुमारी झाँक्रीले विधिको शासन स्थापना गर्न आन्दोलनमा गएको बताएकी छिन्।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज आयोजित विरोधसभामा नेत्री झाँक्रीले न्यायपालिकालाई जनताको आवाज सुनाउन देशभर विरोध प्रदर्शन गरिएको बताइन्। संविधानको अन्तिम व्याख्या गर्ने सर्वोच्चले लोकतन्त्रको पक्षमा फैसला गर्ने भन्दै उनले न्यायालयले जनता र लोकतन्त्रलाई केन्द्रमा राखेर फैसला गर्ने कुराप्रति आफूहरू पूर्ण विश्वस्त रहेको बताइन्।

">