काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा- ओली पक्षकी) पूर्व सांसद एवम् नेत्री निरुदेवी पालले पदका लागि मात्रै प्रचण्ड-नेपाल समूह सडकमा उत्रिएको बताएकी छन्।
सुदूरपश्चिम प्रदेशका ओलीपक्षीय कार्यकर्ताको बबरमहलमा जारी भेलालाई सम्बोधन गर्दै पालले यसअघि लिपुलेक-लिम्पियाधुराको विषय, किसानको आन्दोलन र कुनै पनि महिलाको अस्मिता लुटिँदा सडकमा नगएका प्रचण्ड-नेपाल र पदका लागि मात्रै सडकमा गएको आरोप लगाइन्।
"हिजोका दिनमा आफू प्रधानमन्त्री हुँदा चुइँक्क नबोल्नेहरू आज भन्दैछन्, 'प्रधानमन्त्री नपाए सडकमै बस्छौं।' हाम्रो शुभकामना छ तपाईहरू सडकमै बस्नुस्," उनले भनिन्, "तपाईँहरू कहिले महिलाको अस्मिता लुटिँदा आवाज उठाउनु भयो ? कहिले सडकमा जानु भयो ? किसानका मुद्दा उठाएर कहिले सडकमा जानुभएको थियो ? कालापानी मिचिँदा कहिले सडकमा जानुभएको थियो ? एउटा चेली बलात्कृत भएर हत्या गरिँदा कहिले तपाईँहरू सडकमा जानु भएको थियो ?"
पूर्वसांसद पालले प्रचण्डले आफ्नो जिम्मेवारी पनि पूरा नगरेको र प्रधानमन्त्रीलाई ओलीलाई केही गर्न नदिएको बताइन्।
"प्रधानमन्त्री ओलीले जनताका पक्षमा गरेका काम, जनताको हकमा उठाएका कुरा, राष्ट्रियताका पक्षमा उठाएका कुरा देखेर उहाँको देश-विदेशमा वाहवाही हुनेभयो भन्ने कुराले जलेरअविस्वासको प्रस्ताव ल्याएर सत्ताबाट फाल्ने" घृणित खेल खेलेको उनले बताइन्।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा- ओली पक्षकी) पूर्व सांसद एवम् नेत्री निरुदेवी पालले पदका लागि मात्रै प्रचण्ड-नेपाल समूह सडकमा उत्रिएको बताएकी छन्।सुदूरपश्चिम प्रदेशका ओलीपक्षीय कार्यकर्ताको बबरमहलमा जारी भेलालाई सम्बोधन गर्दै पालले यसअघि लिपुलेक-लिम्पियाधुराको विषय, किसानको आन्दोलन र कुनै पनि महिलाको अस्मिता लुटिँदा सडकमा नगएका प्रचण्ड-नेपाल र पदका लागि मात्रै सडकमा गएको आरोप लगाइन्।

">