काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को असन्तुष्ट प्रचण्ड-नेपाल समूहका नेता तथा पूर्व कानूनमन्त्री शेरबहादुर तामाङले पार्टी एकताको सम्भावना अझै जीवित रहेको बताएका छन्।
देखापढीसँग कुराकानी गर्दै उनले नेकपाभित्र अहिले तीनजना अध्यक्ष रहेको दाबी गरे। निर्वाचन आयोगले नेकपा विभाजन भएको पुष्टि नगर्दासम्म नेकपामा तीन अध्यक्ष रहने उनले बताए।
“औपचारिक रूपमा नेकपा विभाजन भएको पुष्टि नहुँदासम्म नेकपामा तीन अध्यक्ष हुनुहुन्छ भन्ने म व्यक्तिगत रूपमा मान्छु,” तामाङले भने, “सर्वोच्च अदालतको फैसला नआउन्जेलसम्म संसद विघटन भएको कुरा पनि मान्न सकिँदैन।”
सर्वोच्च अदालतले आमजनताको भावना बुझेर निर्णय गर्ने विश्वास उनले व्यक्त गरे। उनले भने, “नेताले फुट्यो भन्दैमा पार्टी फुटेको मान्न सकिँदैन। फुट्नका लागि कानुनी प्रावधान छन्। त्यसैले अहिलेसम्ममा नेकपामा तीन अध्यक्ष छन्।”
पार्टीका दुवै अध्यक्षको वरिपरि रहेका नेताहरूले ठूलो भाग खान पाउने आशामा पार्टीलाई डिलमा पुर्याएर अस्थिरता जन्माएको आरोप उनले लगाए। “नेकपाको झगडा वितरणको असमानता हो। तिमीले धेरै खायौ, म हेरेको हेर्यै छु भन्ने मनोविज्ञान हो,” तामाङले भने।
नेकपामा आन्तरिक विवाद चुलिएपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुस ५ गते संसद विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए। त्यसपछि राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेकी थिइन्।
प्रतिनिधिसभा विघटनपछि नेकपाभित्र प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधवकुमार नेपाल दुई समूहमा विभाजित बनेको छ। दुवै पक्षले अलग-अलग भेला गर्दै आएका छन्। प्रचण्ड-नेपाल पक्षले पार्टीको आधिकारिताको लागि निर्वाचन आयोगमा समेत निवदेन दिएको छ। पार्टी दुई चिरा हुँदा तामाङ भने प्रचण्ड-नेपाल समूहमा उभिएका छन्।
“गाउँमा एक-एक भोटका लागि पसिना बगाइरहेका नेताहरूको सपनामाथि तूषारापात भएको छ। गल्ती धेरै थोरै होलान्, तर दोषी नेतृत्वमा रहेका सबै नेताहरू हुन्,” तामाङले भने।
आफ्नो घर झगडामा विदेशी शक्ति आएर मिलाउन खोज्नुलाई उनले दुःखद् बताए। अस्थिरतामाथि राजनीति गर्नु जनतामाथिको धोका भएको उनको तर्क छ। निर्वाचनमा नेतृत्वलाई जनताले सोचेर मत दिने उनले बताए।
" /> काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को असन्तुष्ट प्रचण्ड-नेपाल समूहका नेता तथा पूर्व कानूनमन्त्री शेरबहादुर तामाङले पार्टी एकताको सम्भावना अझै जीवित रहेको बताएका छन्।देखापढीसँग कुराकानी गर्दै उनले नेकपाभित्र अहिले तीनजना अध्यक्ष रहेको दाबी गरे। निर्वाचन आयोगले नेकपा विभाजन भएको पुष्टि नगर्दासम्म नेकपामा तीन अध्यक्ष रहने उनले बताए।

">