काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको निर्णय पर्खिरहेको बताएका छन्।
अदालतको निर्णय आएपछि मात्रै कांग्रेस कसरी अगाडि बढ्छ भन्ने तय हुने बताए।
राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले आज आयोजना गरेको कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै सभापति देउवाले आन्दोलनको नाममा अदालतलाई धम्क्याएर वा तर्साएर प्रभावित पार्न नहुने पनि बताए।
“हाम्रो पार्टी लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकोले स्वतन्त्र न्यायपालिकामा विश्वास गर्दछ, त्यसैले अदालतमा विचाराधीन मुद्दामा आन्दोनलको नाममा “यसो गर, उसो गर” भन्दै धम्क्याएर तर्साउने काम गर्दैनौँ,” सभापति देउवाले भने।
कार्यक्रममा राष्ट्रिय मेलमिलाप दिवसबारे बोल्दै सभापति देउवाले सिक्किमलाई भारतले विलय गरेपछि बिपी कोइराला नेपालको हालत चाहिँ के होला भन्दै डराएर राष्ट्रिय मेलमिलापको नीति लिएर आएको बताए।
सोही नीति कांग्रेसले अंगीकार गरेको उनले बताए। जसको आधारमा प्रजातन्त्रको पुनर्वहालीपछि गिरिजाप्रसाद (जीपी) कोइरालाले विद्रोही नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याएकोदेखि सुशील कोइरालाको नेतृत्वमा संविधानसभाबाट संविधान निर्माण गरी सबै जाति, समुदाय र भूगोल मिलाउने काम भएको सभापति देउवाले दाबी गरे।
फरक प्रसंगमा, उनले कम्युनिस्ट पार्टीहरू पनि प्रजातान्त्रिक धारमा आएको उल्लेख गरे। तर, प्रजातन्त्र भने अझै खतरामा रहेको भन्दै उनले चिन्ता व्यक्त गरे।
" /> काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको निर्णय पर्खिरहेको बताएका छन्।अदालतको निर्णय आएपछि मात्रै कांग्रेस कसरी अगाडि बढ्छ भन्ने तय हुने बताए।

">