डोरमणीलाई हटाएको भोलिपल्ट प्रचण्ड-नेपाल समूहले शेरधनलाई पनि हटायो <p>काठमाडौं। केपी शर्मा ओलीबाट राजनीतिक रूपमा विभाजित भएपछि पुष्पकमल दाहाल &lsquo;प्रचण्ड&rsquo;-माधवकुमार नेपाल समूह आक्रामक रूपमा देखिन थालेका छन्।</p> <p>प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्री क्रमशः शेरधन राई र डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका प्रचण्ड-नेपाल समूहले धमाधम ओलीपक्षका संसदीय दलका नेता हटाउन थालेका छन्।</p> <p>हिजो मात्रै प्रचण्ड-नेपाल समूहले बागमतीबाट संसदीय दलका नेता पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई चयन गरेको थियो। त्यसको भोलिपल्ट (आज) प्रदेश १ का राईलाई हटाएर भीम आचार्यलाई दलको नेता चयन गरेको जनाएको छ।</p> <p>नेकपा प्रदेश १ सांसदको बहुमत सदस्यले मुख्यमन्त्री राईलार्ई संसदीय दलको नेताबाट कारवाही गरी हटाउँदै आचार्यलाई चयन गरेको निवर्तमान मन्त्री ईन्द्र आङवोले जानकारी दिएका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्