काठमाडौँ। सत्तारुढसँग राजनीतिक रूपमा विभाजित हुँदै सडक संघर्षमा उत्रिएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहलाई छिमेकी दुई देश मात्र होइन, अन्य मुलुकले समेत ‘रेड सिग्नल’ दिएका छन्। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेकोमा असन्तुष्ट हुँदै सडक संघर्षमा पुगेका प्रचण्ड-नेपाल समूहले भारत र चीनबाट नैतिक समर्थन प्राप्त गर्ने चाहना राखे पनि अन्ततः ‘रेड सिग्नल’ पाएका हुन्।
दक्षिणको भारत र उत्तरको चीनले मात्रै होइन, संसारका ठूला लोकतान्त्रिक देशहरूले पनि प्रतिनिधिसभा विघटनविरुद्धमा कुनै प्रतिक्रिया दिएका छैनन्। यसले प्रचण्ड-नेपाल समूह निराश बनेको नेताहरूले नै बताउन थालेका छन्। चीनबाट समर्थन खोजिरहेका प्रचण्डले त्यो पाउन नसकेपछि भारततर्फ आँखा लगाउन थालेका छन्। स्रोतका अनुसार उनी भारत भ्रमणको तयारीमा छन्।
गत साता एक टेलिभिजन अन्तर्वार्ताको क्रममा प्रचण्डले शान्ति प्रक्रिया र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भारतले गरेको सहयोग स्मरण गर्दै प्रतिनिधिसभा विघटनविरुद्ध जारी आन्दोलनलाई पनि समर्थन जनाउनुपर्ने बताएका थिए।
‘‘अहिले यो संकटमा परेको बेला मौन (भारत) बसिराख्नु चाहिँ त्यति स्वाभाविक जस्तो लाग्दैन, तर मैले आलोचना गरेको भन्ने अर्थमा नबुझियोस्,’’ अन्तर्वार्तामा उनले भनेका थिए, ‘‘संविधानवाद र लोकतन्त्रमाथि जबर्जस्ती कुल्चिन खोजिएको छ, मैले नैतिक भारतको समर्थन खोजेको हँु।’’
यसअघि भारतका तर्फबाट भएका चार ‘हाई प्रोफाइल भिजिट’ले पनि प्रचण्ड–नेपाल दुवै नेतालाई भेटघाट गरेन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘विशेष दूत’का रूपमा आएका सामन्त गोयल, स्थल सेना प्रमुख मनोजमुकुन्द नरवणे, विदेश सचिव हर्षबद्र्धन शृंगलामात्रै होइन, भारतको सत्तारुढ पार्टी भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले पनि प्रचण्ड-नेपाल दुवैलाई नभेटी फर्केका थिए। यसले पनि भारतले अहिले भइरहेको सरकारविरुद्धको आन्दोलनलाई समर्थन नगरेको स्पष्ट पार्छ।
दुई पार्टीबीच सबन्ध सुधारका लागि आएका चौथाईवालेले नेकपाका समकक्षी माधव नेपालसँग भेटघाट गरेनन्। स्वदेश फर्कनुअघि आफू निकट नेपालका नेताहरूसँग ‘विश्वासिला’ नभएको भन्दै प्रचण्ड-नेपाललाई नभेटेको संक्षिप्त प्रतिक्रिया दिएका थिए।
चौथाईवालेलगायतले भेटघाट नगरेको नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजाल स्वीकार्छन्। ‘‘केही समयअघि बोलाइएका विदेशी पाहुनाले एउटै पक्षलाई भेटेर फर्किएका थिए भने यसपटक आएका पाहुनाहरूले सबै पक्षलाई भेटेर फर्किएका छन्,’’ चिनियाँ कम्युनिस्ट पार्टी, अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ ये चौले भेटघाट गरेको सन्दर्भमा सामाजिक सञ्जालमा रिजालले लेखे।
रिजालले भारत र चीनका उच्चस्तरीय भ्रमणपछि ‘रेड सिग्नल’ पाएको संकेत गर्दै अगाडि भनेका छन्, ‘‘नेपालको पछिल्लो अवस्थाका बारेमा आफ्नो धारणा बनाउने छुट सबैलाई छ, तर निर्णय के गर्ने, हाम्रो योग्यता र क्षमतामा निर्भर छ।’’
खासमा चिनियाँ राजदूत हउ यान्छीलाई प्रचण्ड-नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोध गर्दै पुनर्स्थापनाको पक्षमा चीन उभिदिनुपर्ने अनुरोध गरेका थिए। उक्त अनुरोधसहित चिनियाँ राजदूत यान्छीले प्रचण्ड-नेपालसहित सो समूहका कृष्णबहादुर महरा, वर्षमान पुन र सभामुखलगायतलाई भेटघाट पनि गरेकी थिइन्। प्रचण्ड-नेपाल समूहका नेता वर्षमान पुनले त चीन प्रतिनिधिसभाको पुनर्स्थापनाको पक्षमा रहेको भन्दै सञ्चारकर्मीहरूलाई जानकारी पनि दिएका थिए।
तर उपमन्त्री चौलेको टोलीले नेकपा विभाजनप्रति चासो व्यक्त गरे पनि पुनर्स्थापनाको पक्षमा कुनै कुरा गरेनन्। ‘प्रतिनिधिसभा विघटन नेपालको आन्तरिक मामिला’ भन्दै टोली फर्किएको थियो।
सुरुमा नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीसँग भेटघाट गरेपछि प्रचण्ड-नेपाल समूहका नेतालाई भेटघाट गरेको चौलेको टोलीले नेकपा एकीकरण हुने अवस्था छ कि छैन? भन्नेजस्ता प्रश्न मात्रै सोधेका थिए। कतिसम्म भने, राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली, प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, प्रचण्ड र झलनाथ खनाललाई निवासमा भेट गरेको चौलेको टोलीले माधवकुमार नेपाललाई भने एभरेस्ट होटलमा बोलाएर भेटेको थियो।
सबै नेतालाई निवासमै गएर भेटघाट गरेको उपमन्त्रीको टोलीले विभाजित भएर अध्यक्ष बनेका नेपाललाई किन होटेलमा बोलाए? यसलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ। अमेरिका, युरोपियन युनियनदेखि अन्य लोकतान्त्रिक देशले पनि प्रतिनिधिसभा विघटनको विपक्षमा नबोलेकोमा प्रचण्ड स्वयम्ले आश्चर्य व्यक्त गरिसकेका छन्।
भारत र चीनसहित अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्न नसकेका प्रचण्ड-नेपाल समूहले आन्तरिक रूपमा पनि समर्थन प्राप्त गर्न सकेका छैनन्। कांग्रेसले प्रतिनिधिसभा पुनस्र्थापनाको माग गरेर आन्दोलन नगरी विघटनको मात्रै विरोध गरेपछि अप्ठ्यारोमा परेको प्रचण्ड-नेपाल समूहले हिजो बुधबार गर्ने भनिएको दोस्रो चरणको आन्दोलनको कार्यक्रम तय हुन सकेको छैन। कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल गरेर संयुक्त आन्दोलन घोषणा गर्ने योजना उक्त समूहको थियो।
" /> काठमाडौँ। सत्तारुढसँग राजनीतिक रूपमा विभाजित हुँदै सडक संघर्षमा उत्रिएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहलाई छिमेकी दुई देश मात्र होइन, अन्य मुलुकले समेत ‘रेड सिग्नल’ दिएका छन्। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेकोमा असन्तुष्ट हुँदै सडक संघर्षमा पुगेका प्रचण्ड-नेपाल समूहले भारत र चीनबाट नैतिक समर्थन प्राप्त गर्ने चाहना राखे पनि अन्ततः ‘रेड सिग्नल’ पाएका हुन्।दक्षिणको भारत र उत्तरको चीनले मात्रै होइन, संसारका ठूला लोकतान्त्रिक देशहरूले पनि प्रतिनिधिसभा विघटनविरुद्धमा कुनै प्रतिक्रिया दिएका छैनन्। यसले प्रचण्ड-नेपाल समूह निराश बनेको नेताहरूले नै बताउन थालेका छन्। चीनबाट समर्थन खोजिरहेका प्रचण्डले त्यो पाउन नसकेपछि भारततर्फ आँखा लगाउन थालेका छन्। स्रोतका अनुसार उनी भारत भ्रमणको तयारीमा छन्।

">