काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता महेश बस्नेतले कांग्रेस निर्वाचनमा सहभागी हुनेबारे समझदारी भएको बताएका छन्।
आज देखापढीसँग कुरा गर्दै पूर्वउद्योगमन्त्री समेत रहेका नेता बस्नेतले कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालासँग निर्वाचनमा जाने समझदारी भएको खुलासा गरेका हुन्।
“प्रधानमन्त्री ओली र कांग्रेसका बीचमा निर्वाचनमा जाने बारे एक तहको समझदारी बनेको छ। जनता समाजवादी पार्टी (जसपा), नेपाल पनि निर्वाचनमा जान तयार छ। त्यस कारण पार्टीहरू बाहिर विरोध गरिरहेको जस्तो देखिए पनि भित्र निर्वाचनको तयारीमा लागिसकेका छन्,” नेता बस्नेतले भने।
उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको समीकरण लामो समय टिक्न नसक्ने दाबी गरे। उनले थपे, “केही समय पर्खनु मात्रै पर्छ, उहाँहरू ओलीसँग आउनु हुनेछ।”
साढे दुई वर्षअघि प्रचण्डले पार्टी एकता गर्नुका दुई कारण रहेको उनले बताए। एउटा– सरकारमा जान माओवादी एक्लैको मत पुग्ने नदेखेपछि चुनावी गठबन्धन गरेर अढाई वर्ष प्रधानमन्त्री बन्ने र अर्को– प्रधानमन्त्रीको मृर्गोलाले काम गर्दैन (ओलीको मृत्यु हन्छ) र विशाल नेकपाको अध्यक्ष बन्ने चाहना। यसका लागि प्रचण्डले स्वास्थ्यकर्मीहरूसँग समेत छलफल गरेको उनले बताए।
प्रचण्डले झलनाथ खनालको राष्ट्रपति बन्ने चाहना बुझेर खनाललाई आफ्नो पक्षमा तानेको उनले जनाए। “झलनाथ खनाललाई जसरी हुन्छ राष्ट्रपति बन्न मन लागेकै कारण वर्तमान राष्ट्रपतिविरुद्ध सडकमा अशिष्ट नाराबाजी लगाउने काम नियोजित रूपमा भएको हो,” नेता बस्नेतले भने।
" /> काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता महेश बस्नेतले कांग्रेस निर्वाचनमा सहभागी हुनेबारे समझदारी भएको बताएका छन्।आज देखापढीसँग कुरा गर्दै पूर्वउद्योगमन्त्री समेत रहेका नेता बस्नेतले कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालासँग निर्वाचनमा जाने समझदारी भएको खुलासा गरेका हुन्।

">