काठमाडौं। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नेपाल चीनसँगको सम्बन्धलाई मजबुत र दुई देशका पार्टीबीचको भाइचारा बढाउन चाहेको बताएका छन्।
नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ ये चौ नेतृत्वको टोली स्वदेश फर्केपछि चिनियाँ विदेश मन्त्रालयले यस्तो निष्कर्ष निकालेको हो।
“भ्रमणका दौरान नेपाली पक्षले चिनियाँ कम्युनिस्ट पार्टीको आउँदो १००औं वार्षिकोत्सवको लागि बधाई दिएको छ। नेपालले दुवै देशबीचको पारम्परिक मित्रतालाई प्रगाढ बनाउन, अन्तरदलीय संवादलाई सुदृढ पार्न, बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) सहयोगलाई अगाडि बढाउन र जनतालाई बढी फाइदा पुर्याउने इच्छा व्यक्त गरेको छ,” बिहीबार चीनको विदेश मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा वाङले भने।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता गराउन विशेष भूमिका खेलेको चीन नेपालमा विकसित पछिल्ला घटनाक्रमबाट सन्तुष्ट देखिएको छैन।
आफ्नै पार्टीका नेताले असहयोग गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए। त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको मिति घोषणा गरेकी थिइन्।
प्रतिनिधिसभा विघटन भएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनौपचारिक रूपमा फुटेको छ। पार्टीको दुई चिरामध्ये एकको नेतृत्व अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गरेका छन् भने अर्कोको नेतृत्व अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन्।
चिनियाँ टोली नेपालबाट फर्केपछि हिजो बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा प्रसार भारतीले प्रश्न गरेको थियो- “नेपालमा एक चिनियाँ प्रतिनिधिमण्डलले भ्रमण गरेको छ। उक्त भ्रमणको नतिजाबारे केही बताउनहुन्छ?”
नेकपामा फुट देखिएपछि यसै साता चीनले अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओको नेतृत्वमा एक टोली नेपाल पठाएको थियो। उक्त टोलीको मुख्य उद्देश्य फुटेको नेकपालाई एकजुट गराउनु थियो। तर त्यो हुन सकेन र त्यसै फर्कियो।
नेपाल भ्रमणमा रहँदा चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली, प्रचण्ड, नेपाल, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टी नेपालका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतसँग भेटवार्ता गरेको थियो।

त्यसपछि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङले भने, “चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको एक प्रतिनिधिमण्डलले हालसालै नेपाल भ्रमण गरेको थियो। उक्त प्रतिनिधिमण्डलले सत्तारुढ दल र विपक्षी दुवै नेताहरूसँग भेट गरेको थियो। उनीहरूबीच अन्तरपार्टी अन्तरक्रिया, बीआरआई सहयोग र आपसी चासोका अन्य मुद्दामा छलफल भएको थियो।”
यसअघि सन् २०२० डिसेम्बर २८ दिन चीनको विदेश मनत्रालयमा आयोजित पत्रकार सम्मेलनमा पनि नेपाल भ्रमणमा रहेको चिनियाँ टोलीको उद्देश्य के हो? भनि प्रश्न गरिएको थियो। जवाफमा चीनको विदेश मन्त्रालयका अर्का प्रवक्ता झाओ लिजियानले “आपसी राजनीतिक विश्वास बढाउन” भन्ने जवाफ दिएका थिए।
“हामीले नेपालमा भएको पछिल्लो राजनीतिक घटनाक्रमलाई ‘नोटिस’ गरेका छौं। निकट र मित्र राष्ट्रको नाताले हामी राष्ट्रिय हितलाई हेरेर नेपालले आफ्ना समस्या सुल्झाउने छ भन्ने विश्वास गछौ। आपसी मतभेद हटाएर राजनीतिक स्थिरता र राष्ट्र विकासमा अघि बढ्छ भन्ने हाम्रो विश्वास छ,” झाओले भनेका थिए।
" /> काठमाडौं। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नेपाल चीनसँगको सम्बन्धलाई मजबुत र दुई देशका पार्टीबीचको भाइचारा बढाउन चाहेको बताएका छन्।“भ्रमणका दौरान नेपाली पक्षले चिनियाँ कम्युनिस्ट पार्टीको आउँदो १००औं वार्षिकोत्सवको लागि बधाई दिएको छ। नेपालले दुवै देशबीचको पारम्परिक मित्रतालाई प्रगाढ बनाउन, अन्तरदलीय संवादलाई सुदृढ पार्न, बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) सहयोगलाई अगाडि बढाउन र जनतालाई बढी फाइदा पुर्याउने इच्छा व्यक्त गरेको छ,” बिहीबार चीनको विदेश मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा वाङले भने।

">