काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शम्शेर राणाले प्रजातन्त्र जोगाउन, राष्ट्रलाई स्थिर राख्न राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना गर्नुपर्ने बताएका छन्।
“जनताका चाहना र राष्ट्रको आवश्यकताबमोजिम उन्नत प्रजातन्त्रका निम्ति राजसंस्था, हिन्दुराष्ट्र पुनर्स्थापना गर्नुको विकल्प छैन,” अध्यक्ष राणाले राप्रपाद्वारा काठमाडौँमा आयोजित बृहत् जनप्रदर्शनलाई सम्बोधन गर्दै भने, “समय र जनताको माग यही नै छ।”
स्थिरता र स्थायित्व दिन्छौँ भनेर डिङ हाँक्ने साम्यवादी सरकारले जनताको पक्षमा सिन्कोसमेत भाँच्न नसकेको भन्दै नेकपा सरकारको राणाले आलोचना गरे। “अहिले आएर नेकपा मात्र नभएर वस्तुगत रूपमा एमाले नै दुई फ्याक भएको अवस्था छ,” उनले भने।
राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको माग गर्दै राप्रपाले काठमाडौँमा शुक्रबार शक्ति प्रदर्शन गरेको हो। राप्रपाले राजसंस्थालगायत सबै अट्ने गोलमेच सम्मेलन, कोरोना महामारीको सबल व्यवस्थापन, भ्रष्टाचार नियन्त्रण, युवालाई रोजगारीलगायतका माग अघि सारेको छ।
राप्रपाका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सोही अवसरमा लुटाहा सरकारका कारण नेपाली जनताले दुःख पाएको बताए। विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष लोहनीले केपी ओली सरकारले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेको भन्दै कडा आलोचना गरे। संसद विघटन गरेर चुनावमा जाने संविधानमा कुनै व्यवस्था नभएको उनले बताए।
अराजक परिस्थितिबाट मुक्ति पाउन सबै दलहरूको मनस्थितिमा परिवर्तन आउनु आवश्यक रहेको उनले बताए। लोहनीले राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना गरेर राष्ट्रियता र विकासको महाअभियानमा आरम्भ गर्नुपर्ने उनको राय छ।
“राष्ट्रिय चरित्रका सबै शक्ति र संस्थाहरूलाई स्थान दिन प्रजातान्त्रिक र देशभक्तहरूबीच नयाँ संवाद र बृहत् प्रजातान्त्रिक एकता कायम गर्नु आजको आवश्यकता हो,” लोहनीले भने।
भृकुटीमण्डपबाट सुरु भएको विशाल र्याली रत्नपार्क पुगेर सभामा परिणत भएको थियो।
" /> काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शम्शेर राणाले प्रजातन्त्र जोगाउन, राष्ट्रलाई स्थिर राख्न राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना गर्नुपर्ने बताएका छन्।“जनताका चाहना र राष्ट्रको आवश्यकताबमोजिम उन्नत प्रजातन्त्रका निम्ति राजसंस्था, हिन्दुराष्ट्र पुनर्स्थापना गर्नुको विकल्प छैन,” अध्यक्ष राणाले राप्रपाद्वारा काठमाडौँमा आयोजित बृहत् जनप्रदर्शनलाई सम्बोधन गर्दै भने, “समय र जनताको माग यही नै छ।”

">