ललितपुर। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले देशमा नयाँ तानाशाह आउन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले निकास दिन संसद विघटन गरेको स्पष्ट पारेका छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउने, प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउने र प्रधान न्यायधीश चेलेन्द्र शम्सेर जबरालाई महाअभियोग लगाउने तयारी भएपछि अन्तिम अवस्थामा बाध्य भएर संसद विघटन गरी चुनाव घोषणा गर्नुपरेको बताएका हुन्।

नेकपा ललितपुर पार्टी महानगर समितिले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले अबको निर्वाचनमा नेकपाले पुनः बहुमत ल्याउने ठोकुवा गरेका छन्। उनले भने, “देशलाई ठूलो संकटबाट जोगाउनका लागि बाध्य भएर संसद विघटन गर्नुपरेको हो, अबको निर्वाचनमा सबै एकजुट भएर लाग्नुको विकल्प छैन।”

“यदि नमिलेको खण्डमा फुटेर गएका प्रचण्ड-माधव नेपाल गुटको नामोनिशान रहँदैन,” पार्टी फुटाएको हल्ला गर्नेहरूले अवसर नपाएर बाटोमा कुर्लिँदै हिँड्न थालेको आरोप लगाउँदै उनले भने, “घरमूलीलाई हटाएर बाटोमा ‘हामी यहाँ छौँ’ भन्नु हास्यास्पद हो।”

“उहाँहरूको आन्दोलनको कुनै औचित्य छैन,” उनले थपे, “हामीले पार्टी अध्यक्ष प्रचण्डलाई हटाएका छैनौँ, नेता नारायणकाजी श्रेष्ठलाई कारबाही गरेका छैनौँ, श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारबाट हटाएका मात्र हौँ।”

“हामीलाई पेरिसडाँडा चाहिँदैन, धुम्बाराही र बल्खु पार्टी कार्यालय हाम्रो हो, हाम्रो पार्टी कार्यालयमा प्रवेश गर्न दिदैनौँ,” आफ्नो पार्टीको सम्पत्तिमा कसैले हस्तक्षेप गर्न नदिने बताउँदै उनले थपे, “ललितपुर पार्टी कार्यालय तपाईँहरूको हो, कसैले कब्जा गर्न खोज्यो कि त्यसलाई रोक्नुपर्छ।”

उनले नेकपाको चुनाव चिह्न सूर्य भएको र आफूहरू त्यसै चिह्नबाट उठ्ने बताए। उनले प्रचण्ड-माधव नेपाल र झलनाथ खनाललाई पनि सूर्य चिह्नबाट सँगै चुनाव लड्न आह्वान गरे, “उहाँहरूलाई सूर्य चिह्न चाहिएको हो भने एक-एक थान सूर्य चिह्न दिन्छौँ, त्यहीँबाट उठ्नुहुनेछ।”

जनताको बीचमा ताजा जनादेश दिएर बैशाख १७ र २७ गतेको चुनावमा खटिन उनले सबैलाई आह्वान गरे।

उक्त भेलामा गृहमन्त्री रामबहादुर थापा बादलले पनि सम्बोधन गरेका थिए। महानगर कमिटीले आयोजना गरेको उक्त कार्यक्रममा विघटित प्रतिनिधिसभाका सांसद नवराज सिलवाल, महानगर इन्चार्ज सुशीला नेपाल, राष्ट्रियसभा सदस्य कोमल वली, नेकपा ललितपुर जिल्ला अध्यक्ष हरिकृण व्यञ्जनकारलगायतले पार्टी विभाजन नभएकाले कार्यकर्तालाई नअलमलिन आह्वान गरेका थिए।

" /> ललितपुर। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले देशमा नयाँ तानाशाह आउन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले निकास दिन संसद विघटन गरेको स्पष्ट पारेका छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउने, प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउने र प्रधान न्यायधीश चेलेन्द्र शम्सेर जबरालाई महाअभियोग लगाउने तयारी भएपछि अन्तिम अवस्थामा बाध्य भएर संसद विघटन गरी चुनाव घोषणा गर्नुपरेको बताएका हुन्।

नेकपा ललितपुर पार्टी महानगर समितिले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले अबको निर्वाचनमा नेकपाले पुनः बहुमत ल्याउने ठोकुवा गरेका छन्। उनले भने, “देशलाई ठूलो संकटबाट जोगाउनका लागि बाध्य भएर संसद विघटन गर्नुपरेको हो, अबको निर्वाचनमा सबै एकजुट भएर लाग्नुको विकल्प छैन।”

“यदि नमिलेको खण्डमा फुटेर गएका प्रचण्ड-माधव नेपाल गुटको नामोनिशान रहँदैन,” पार्टी फुटाएको हल्ला गर्नेहरूले अवसर नपाएर बाटोमा कुर्लिँदै हिँड्न थालेको आरोप लगाउँदै उनले भने, “घरमूलीलाई हटाएर बाटोमा ‘हामी यहाँ छौँ’ भन्नु हास्यास्पद हो।”

“उहाँहरूको आन्दोलनको कुनै औचित्य छैन,” उनले थपे, “हामीले पार्टी अध्यक्ष प्रचण्डलाई हटाएका छैनौँ, नेता नारायणकाजी श्रेष्ठलाई कारबाही गरेका छैनौँ, श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारबाट हटाएका मात्र हौँ।”

“हामीलाई पेरिसडाँडा चाहिँदैन, धुम्बाराही र बल्खु पार्टी कार्यालय हाम्रो हो, हाम्रो पार्टी कार्यालयमा प्रवेश गर्न दिदैनौँ,” आफ्नो पार्टीको सम्पत्तिमा कसैले हस्तक्षेप गर्न नदिने बताउँदै उनले थपे, “ललितपुर पार्टी कार्यालय तपाईँहरूको हो, कसैले कब्जा गर्न खोज्यो कि त्यसलाई रोक्नुपर्छ।”

उनले नेकपाको चुनाव चिह्न सूर्य भएको र आफूहरू त्यसै चिह्नबाट उठ्ने बताए। उनले प्रचण्ड-माधव नेपाल र झलनाथ खनाललाई पनि सूर्य चिह्नबाट सँगै चुनाव लड्न आह्वान गरे, “उहाँहरूलाई सूर्य चिह्न चाहिएको हो भने एक-एक थान सूर्य चिह्न दिन्छौँ, त्यहीँबाट उठ्नुहुनेछ।”

जनताको बीचमा ताजा जनादेश दिएर बैशाख १७ र २७ गतेको चुनावमा खटिन उनले सबैलाई आह्वान गरे।

उक्त भेलामा गृहमन्त्री रामबहादुर थापा बादलले पनि सम्बोधन गरेका थिए। महानगर कमिटीले आयोजना गरेको उक्त कार्यक्रममा विघटित प्रतिनिधिसभाका सांसद नवराज सिलवाल, महानगर इन्चार्ज सुशीला नेपाल, राष्ट्रियसभा सदस्य कोमल वली, नेकपा ललितपुर जिल्ला अध्यक्ष हरिकृण व्यञ्जनकारलगायतले पार्टी विभाजन नभएकाले कार्यकर्तालाई नअलमलिन आह्वान गरेका थिए।

"> नयाँ तानाशाह आउन थालेपछि निकास दिन संसद विघटन : मन्त्री श्रेष्ठ: Dekhapadhi
नयाँ तानाशाह आउन थालेपछि निकास दिन संसद विघटन : मन्त्री श्रेष्ठ
ललितपुर। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले देशमा नयाँ तानाशाह आउन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले निकास दिन संसद विघटन गरेको स्पष्ट पारेका छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउने, प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउने र प्रधान न्यायधीश चेलेन्द्र शम्सेर जबरालाई महाअभियोग लगाउने तयारी भएपछि अन्तिम अवस्थामा बाध्य भएर संसद विघटन गरी चुनाव घोषणा गर्नुपरेको बताएका हुन्।

नेकपा ललितपुर पार्टी महानगर समितिले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले अबको निर्वाचनमा नेकपाले पुनः बहुमत ल्याउने ठोकुवा गरेका छन्। उनले भने, “देशलाई ठूलो संकटबाट जोगाउनका लागि बाध्य भएर संसद विघटन गर्नुपरेको हो, अबको निर्वाचनमा सबै एकजुट भएर लाग्नुको विकल्प छैन।”

“यदि नमिलेको खण्डमा फुटेर गएका प्रचण्ड-माधव नेपाल गुटको नामोनिशान रहँदैन,” पार्टी फुटाएको हल्ला गर्नेहरूले अवसर नपाएर बाटोमा कुर्लिँदै हिँड्न थालेको आरोप लगाउँदै उनले भने, “घरमूलीलाई हटाएर बाटोमा ‘हामी यहाँ छौँ’ भन्नु हास्यास्पद हो।”

“उहाँहरूको आन्दोलनको कुनै औचित्य छैन,” उनले थपे, “हामीले पार्टी अध्यक्ष प्रचण्डलाई हटाएका छैनौँ, नेता नारायणकाजी श्रेष्ठलाई कारबाही गरेका छैनौँ, श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारबाट हटाएका मात्र हौँ।”

“हामीलाई पेरिसडाँडा चाहिँदैन, धुम्बाराही र बल्खु पार्टी कार्यालय हाम्रो हो, हाम्रो पार्टी कार्यालयमा प्रवेश गर्न दिदैनौँ,” आफ्नो पार्टीको सम्पत्तिमा कसैले हस्तक्षेप गर्न नदिने बताउँदै उनले थपे, “ललितपुर पार्टी कार्यालय तपाईँहरूको हो, कसैले कब्जा गर्न खोज्यो कि त्यसलाई रोक्नुपर्छ।”

उनले नेकपाको चुनाव चिह्न सूर्य भएको र आफूहरू त्यसै चिह्नबाट उठ्ने बताए। उनले प्रचण्ड-माधव नेपाल र झलनाथ खनाललाई पनि सूर्य चिह्नबाट सँगै चुनाव लड्न आह्वान गरे, “उहाँहरूलाई सूर्य चिह्न चाहिएको हो भने एक-एक थान सूर्य चिह्न दिन्छौँ, त्यहीँबाट उठ्नुहुनेछ।”

जनताको बीचमा ताजा जनादेश दिएर बैशाख १७ र २७ गतेको चुनावमा खटिन उनले सबैलाई आह्वान गरे।

उक्त भेलामा गृहमन्त्री रामबहादुर थापा बादलले पनि सम्बोधन गरेका थिए। महानगर कमिटीले आयोजना गरेको उक्त कार्यक्रममा विघटित प्रतिनिधिसभाका सांसद नवराज सिलवाल, महानगर इन्चार्ज सुशीला नेपाल, राष्ट्रियसभा सदस्य कोमल वली, नेकपा ललितपुर जिल्ला अध्यक्ष हरिकृण व्यञ्जनकारलगायतले पार्टी विभाजन नभएकाले कार्यकर्तालाई नअलमलिन आह्वान गरेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्