ललितपुर। गृहमन्त्री रामबहादुर थापा (बादल)ले सरकारको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन कार्य प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रगामी कदम भएको बताएका छन्।
नेकपा ललितपुर पार्टी महानगर समितिले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा उनले सरकारले घोषणा गरेको मध्यावधि निर्वाचनको तयारीतर्फ लाग्न आह्वान गरेका छन्। आगामी निर्वाचनमार्फत् आफुहरू फेरि विजयी हुने र राष्ट्र तथा जनताले दिएको जिम्मेवारी पूरा गर्ने उनले दाबी गरे।
“हामीलाई इतिहासले दिएको जिम्मेवारी पूरा गर्नुपर्ने दायित्व रहेको छ,” उनले भने, “यसका लागि नेकपामा सबै मिल्नुको विकल्प छैन।”
उनले पार्टीमा विभाजन गर्नु देशी-विदेशी शक्तिको हात रहेको टिप्पणी पनि गरेका छन्, “कसैलाई राष्ट्रपति र प्रधानमन्त्री पद नपाएका कारण पार्टीमा समस्या आएको छ।”
उनले प्रचण्डले जारी गरेको १९-बुँदे आरोप पत्रले देशमा संकट ल्याएको उल्लेख गर्दै सोही कारण पार्टीभित्र दुई गुट देखिएको बताए। “पार्टी फुट्नबाट बचाउन धेरै प्रयास हामीले गर्यौँ,” उनले भने, “उहाँहरूकै कारण पार्टीभित्र दुई गुट हुन पुग्यो।”
उक्त भेलामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले पनि सम्बोधन गरेका थिए। महानगर कमिटीले आयोजना गरेको उक्त कार्यक्रममा विघटित प्रतिनिधिसभाका सांसद नवराज सिलवाल, महानगर इन्चार्ज सुशीला नेपाल, राष्ट्रियसभा सदस्य कोमल वली, नेकपा ललितपुर जिल्ला अध्यक्ष हरिकृण व्यञ्जनकारलगायतले पार्टी विभाजन नभएकाले कार्यकर्तालाई नअलमलिन आह्वान गरेका थिए।
" /> ललितपुर। गृहमन्त्री रामबहादुर थापा (बादल)ले सरकारको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन कार्य प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रगामी कदम भएको बताएका छन्।नेकपा ललितपुर पार्टी महानगर समितिले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा उनले सरकारले घोषणा गरेको मध्यावधि निर्वाचनको तयारीतर्फ लाग्न आह्वान गरेका छन्। आगामी निर्वाचनमार्फत् आफुहरू फेरि विजयी हुने र राष्ट्र तथा जनताले दिएको जिम्मेवारी पूरा गर्ने उनले दाबी गरे।

">