सुख्खा बन्दरगाह छिटोछरितो निर्माणकाे पहल भइरहेकाे छः उद्याेगमन्त्री भट्ट

कैलाली। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले महेन्द्रनगरको सुख्खा बन्दरगाहलाई छिटोछरितो निर्माण गर्न आफूले पहल गरिरहेको बताएका छन्।

धनगढी विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टले बन्दरगाह निर्माण भए सुदूरपश्चिमसँगै समग्र देशको विकास निर्माणमा टेवा पुग्ने बताएका हुन्।

त्यस्तै महेन्द्रनगरको छेलामा प्रस्तावित गरिएको औद्योगिक क्षेत्रलाई वैद्यता दिँदै उद्योग, कलकारखाना खोल्नका लागि सरकारले पहल गरिरहेको मन्त्री भट्टले बताए।

साथै उनले रुग्ण उद्योगहरूको अवस्था हेरेर तिनलाई सञ्चालनमा ल्याउने तयारी सरकारले गरिरहेको बताए।

भोलि, २० मंसीरमा हुने लगानी सम्मेलनमा सहभागी हुन मन्त्री भट्ट धनगढी आएका हुन्।

प्रतिक्रिया दिनुहोस्