प्रचण्ड र माधवका कारण पार्टीमा अभूतपूर्व संकट आयो : उपप्रधानमन्त्री पोखरेल
काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्दै आएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालका कारण अभूतपूर्व संकट आइलागेको आरोप लगाएका छन्।
ओलीलाई अध्यक्ष र प्रधानमन्त्री पदबाट हटाउँदै पार्टी कब्जा गर्ने दुष्साहस प्रचण्ड र नेपालबाट पहिले देखि नै भएको पोखरेलको दाबी थियो।
नेपाल मजदुर विशेष जिल्ला कमिटीको अगुवा कार्यकर्ता भेलालाई आज बिहान सम्बोधन गर्दै मन्त्री पोखरेलले अब प्रधानमन्त्री ओली अर्को निर्वाचनपछि सरकार गठन नभएसम्म सरकार प्रमूख र पार्टीको महाधिवेशन नहुञ्जेल अध्यक्ष ररिहरने बताए।
“संँधैभरी केपी शर्मा ओली पार्टी अध्यक्ष हुँदैनन् र प्रधानमन्त्री पनि सँधैभर हुँदैनन्” मन्त्री पोखरेलले भने, “तर, प्रतिनिधिसभाको निर्वाचन÷पार्टीको महाधिवेशन त हुनुप¥यो नि, त्यसबेलासम्म त उहाँ अध्यक्ष र प्रधानमन्त्री हुने कुरा भइहाल्यो।”
ओलीलाई दुबै पदबाट हटाउने प्रयास अस्वीकार्य हुने उनको भनाई थियो।
पार्टीमा गम्भीर संकट आए पनि अध्यक्ष ओली नेतृत्वको नेकपा एकताको पक्षमा उभिएको र एकता जोगाउन अन्तिम समयसम्म प्रयास गर्ने मन्त्री पोखरेलले बताए।
तर, एकता तोडिए त्यसको जवाफ दिन जानिएको उनको चेतावनी थियो।
यस्तै, पार्टीभित्रबाटै प्रचण्ड र नेपाल समूहले घेराबन्दी गरेर प्रधानमन्त्री ओलीलाई असहयोग गर्ने, सरकारका राम्रा कामहरूको प्रचार नगर्ने लगायत कारणले अन्ततः प्रधानमन्त्री ओलीले ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा गरेको उल्लेख गरे।
“जनतामा जनादेशका लागि जाने कदम असंवैधानिक र अलोकतान्त्रिक कसरी हुन्छ,” उनले प्रश्न गरे।
भेलामा प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकारसमेत रहेका स्थायी कमिटी सदस्य विष्णु रिमालले पार्टी भित्रैबाट घेराबन्दी गरेर विकास र अग्रगमनको बाधकको रूपमा ‘प्रचण्ड-नेपाल’ गुट उभिएपछि ६४ प्रतिशत सांसद भएका प्रधानमन्त्री ओली प्रतिनिधिसभा विघटन गर्न बाध्य भएको जिकिर गरे।
प्रचण्ड र नेपाललाई लक्षित गर्दै उनले पार्टी अध्यक्ष हुने चाहना भए महाधिवेशनबाट जितेर आउन र प्रधानमन्त्री हुने चाहना भए जनताको मत जितेर आउन चुनौती दिए।
पार्टीमा अनेक तिकडम नगरेको भए अहिले सडकमा “हामी यहाँ छौं,” भनेर बस्नु नपर्ने भन्दै उनले प्रचण्ड-नेपाल समूहलाई कटाक्ष गरे।
अध्यक्ष ओलीले खराब प्रवृत्ति भएकाले प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई मात्रै कारबाही गरेको तर, ‘प्रचण्ड-माधव’ समूहले कारबाही गर्दै हटाउँदै पार्टी कार्यालयहरू कब्जा गर्न थालेको रिमालले आरोप लगाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्