काठमाडौँ। उपप्रधानमन्त्री ईश्वर पोखरेलले केही नेताको “तरङ्गित र जङ्गली मनस्थिति”का कारण नेकपाको दुर्भाग्य भएको आरोप लगाएका छन्।
प्रज्ञा–प्रतिष्ठानमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संस्थापन पक्षको भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले यस्तो बताएका हुन्। पार्टीका तत्कालीन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललाई लक्षित गर्दै उनले आफ्नो जङ्गली महत्वकांक्षा पूरा गर्न र पद प्राप्त गर्न जस्तोजुसकै कर्म गर्न चाहने दुष्साहसी मनस्थितिको कारण पार्टीमा दुर्भाग्य निम्तिएको बताए।
उनले पार्टी विभाजनको सम्पूर्ण दोष उनले ‘प्रचण्ड-नेपाल’लाई लगाएका छन्। पार्टीका बैठकहरूमा देश बनाउने कुरा, मुलुक विकासको कुरा र कोभिड-१९ नियन्त्रणबारे छलफल नभएको, बरु पावर शेयरिङमा र मन्त्रिमण्डलको विषयमा मात्रै भएको उनले बताए।
" /> काठमाडौँ। उपप्रधानमन्त्री ईश्वर पोखरेलले केही नेताको “तरङ्गित र जङ्गली मनस्थिति”का कारण नेकपाको दुर्भाग्य भएको आरोप लगाएका छन्।प्रज्ञा–प्रतिष्ठानमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संस्थापन पक्षको भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले यस्तो बताएका हुन्। पार्टीका तत्कालीन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललाई लक्षित गर्दै उनले आफ्नो जङ्गली महत्वकांक्षा पूरा गर्न र पद प्राप्त गर्न जस्तोजुसकै कर्म गर्न चाहने दुष्साहसी मनस्थितिको कारण पार्टीमा दुर्भाग्य निम्तिएको बताए।

">