काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले विभाजित भएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई ‘कुर्सी’ चाहिएको बताएका छन्। यससँगै उनले दुवै नेताप्रति व्यङ्ग्य गर्दै भने, “कुर्सी चाहिने भए, यता (आफूपक्षीय नेकपामा) आउनुपर्थ्यो!”
काठमाडौँको प्रज्ञा भवनमा नेकपाको संस्थापन पक्षको भेलालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो व्यङ्ग्य गरेका हुन्। उनको व्यङ्ग्यवाण त्यत्तिकैमा थामिएन। उनले व्यङ्ग्यात्मक रूपमा प्रश्न पनि तेर्स्याए, “सुन्तला खाने मन भए सुन्तलाघारीतिर जानुपर्छ, सल्लाघारीतर्फ जाँदा कहीँ सुन्तला खान पाइन्छ?”
यससँगै उनले सन् २०२१ को वर्षमा कम्युनिस्ट पार्टीको शुद्धिकरण अभियान सफलताका साथ चलाउने बताएका छन्। “त्रिशूली नदीमा कुनै फोहोर भए छालहरूले बिस्तारै-बिस्तारै किनारतिर फाल्छ, अनि फेरि अर्को छालले अलिक पर फाल्छ,” प्रधानमन्त्री ओलीले भने, “नेपाली कम्युनिस्ट आन्दोलनको छालले पनि यसरी नै फोहोर फालेजस्तै फोहोरलाई पर-पर फाल्नेछ।”
उनले प्रचण्ड-नेपाल पक्षले ‘सूर्य चिह्न दिनुहोला’ भन्दै निर्वाचन आयोगमा निवेदन दिन गएको आफूलाई थाहा भएको बताए। “जसको घर हो, ऊ निवेदन हाल्न जान्छ?,” उनले भने, “जसको जमिन हो, उसले यो जमिन मेरो हो भनेर निवेदन हाल्न जानुपर्छ? अनि जसको गाडी हो, उसले यो मेरो गाडी हो भनिरहनु पर्छ? पर्दैन नि।”
" /> काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले विभाजित भएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई ‘कुर्सी’ चाहिएको बताएका छन्। यससँगै उनले दुवै नेताप्रति व्यङ्ग्य गर्दै भने, “कुर्सी चाहिने भए, यता (आफूपक्षीय नेकपामा) आउनुपर्थ्यो!”काठमाडौँको प्रज्ञा भवनमा नेकपाको संस्थापन पक्षको भेलालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो व्यङ्ग्य गरेका हुन्। उनको व्यङ्ग्यवाण त्यत्तिकैमा थामिएन। उनले व्यङ्ग्यात्मक रूपमा प्रश्न पनि तेर्स्याए, “सुन्तला खाने मन भए सुन्तलाघारीतिर जानुपर्छ, सल्लाघारीतर्फ जाँदा कहीँ सुन्तला खान पाइन्छ?”

">