काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संस्थापन समूहका अध्यक्ष केपी शर्मा ओलीले ‘प्रचण्ड–माधव’ समूहलाई ‘सुकेको पात’को संज्ञा दिएका छन्। राजमार्गमा गुड्दै गरेका बसमा रूखबाट सुकेको पात झर्न सक्ने र बसको हावाले अलिकति परसम्म पुर्याएजस्तै असन्तुष्ट पक्ष पातझैँ बसमा नभई बाटैमा रहने बताए।
आफ्ना पक्षका अनेरास्ववियुको काठमाडौंमा आज भएको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “हेर्दै जानुहोला, अलिक समयमा तपाईँहरू पछि-पछि कुद्नुहुनेछ। हाइवेमा गाडी गुड्दा सुकेको पातहरू झर्छन्, बस अगाडि जान्छ र पात जति त्यहीँ बाटैमा रहन्छ।”
उनले प्रचण्ड-माधव एकछिन हल्लिने सुकेको पातजस्तै भएको बताए, जो छिट्टै थान्को लाग्ने उनको तर्क छ।
यससँगै प्रधानमन्त्री ओलीले अब उद्देश्यहरूको र विचारहरूको लडाइँ पनि हुने बताएका छन्। “सानातिना व्यवधानले विचारलाई ओझेल पार्न सक्दैन,” उनले बताए। त्यस्तै, उनले प्रचण्ड-नेपाल समूहलाई पार्टीमा बसेर घाँसभित्र लुकेको सर्पको भूमिका खेलेको पनि आरोप लगाएका छन्।
अबको संसद् आफू, आफ्ना सन्तान र नातागोता नहर्नेहरूको नयाँ संसद् बन्ने पनि प्रधानमन्त्री ओलीले बताएका छन्।
" /> काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संस्थापन समूहका अध्यक्ष केपी शर्मा ओलीले ‘प्रचण्ड–माधव’ समूहलाई ‘सुकेको पात’को संज्ञा दिएका छन्। राजमार्गमा गुड्दै गरेका बसमा रूखबाट सुकेको पात झर्न सक्ने र बसको हावाले अलिकति परसम्म पुर्याएजस्तै असन्तुष्ट पक्ष पातझैँ बसमा नभई बाटैमा रहने बताए।आफ्ना पक्षका अनेरास्ववियुको काठमाडौंमा आज भएको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “हेर्दै जानुहोला, अलिक समयमा तपाईँहरू पछि-पछि कुद्नुहुनेछ। हाइवेमा गाडी गुड्दा सुकेको पातहरू झर्छन्, बस अगाडि जान्छ र पात जति त्यहीँ बाटैमा रहन्छ।”

">