पत्नी सीताकाे उपचारका लागि भारत जाँदै प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को असन्तुष्ट समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको थप उपचारका लागि भारत जाने भएका छन्।

उनी आज बिहान ११ बजे सीतालाई लिएर मुम्बई जाने तयारी भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए।

अध्यक्ष प्रचण्डसँगै सीताको साथमा छोरी गंगा दाहाल पनि जाने छिन्।

प्रचण्डपत्नी सीतालाई पार्किन्सन नामक जटिल प्रकारको रोग लागेको छ। यो रोगलाई दुर्लभ मानिन्छ।

स्वास्थ्यकर्मीहरूका अनुसार रोग लागेपछि मस्तिष्कको कोषिकामा क्षति पुग्ने हुन्छ।

जसको परिणाम मानसिक सन्तुलन गुम्नेसँगै हिँडाइ र बोलाइमा समस्या हुने गर्दछ।