काठमाडौँ। हिन्दू अधिराज्य स्थापनाको मागसहित ‘राष्ट्रिय नेपाली पार्टी’ गठन भएको छ।
मंसिरको १५ गते देशको विभिन्न जिल्लाबाट काठमाडौँ आएका राजनीतिक व्यक्तित्व र विद्वानहरूको उपस्थितिमा उक्त पार्टी गठन भएको आजमात्रै सार्वजनिक भएको हो।
नेपालीलाई वैकल्पिक लोकतन्त्र, समाजवाद, सनातन हिन्दू राज्य स्थापनाको निम्ति वैकल्पिक राजनीतिक पार्टीको आवश्यकता भएकोले उक्त पार्टी स्थापना भएको जनाइएको छ।
उक्त पार्टीका केन्द्रीय प्रचार–प्रसा विभागका अनुसार लामो समयदेखिको समर्पण, त्याग र निष्ठाको परिणाम स्वरूप पार्टी गठन भएको हो।
यो पार्टीले संघीयता र धर्म निरपेक्षतालाई विरोध गरेको छ।
छिमेकी देश भारतले नेपालको शासन प्रणाली र सुरक्षा व्यवस्थामा आफ्नो उपस्थिति प्रत्यक्ष सतहमा ल्याएको भन्दै त्यसको पनि विरोध गरेको छ।
" /> काठमाडौँ। हिन्दू अधिराज्य स्थापनाको मागसहित ‘राष्ट्रिय नेपाली पार्टी’ गठन भएको छ।मंसिरको १५ गते देशको विभिन्न जिल्लाबाट काठमाडौँ आएका राजनीतिक व्यक्तित्व र विद्वानहरूको उपस्थितिमा उक्त पार्टी गठन भएको आजमात्रै सार्वजनिक भएको हो।

">