काठमाडौँ। नेकपाको ‘प्रचण्ड–माधव’ समूहका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)लाई सडकमा सँगसँगै आउन भनेका छन्।
संघीयता, समावेशीता र गणतन्त्रजस्ता उपलब्धिहरू गम्भीर संकटमा परेको भन्दै अब मञ्चमा मात्रै नभई सँगसँगै सडकमा जान भनेका हुन्।
जसपाले आज दिउँसो काठमाडौंमा आयोजना गरेको “सरकारको असंवैधानिक कदम र राजनीतिक संकट” विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपासँग पहिले पनि कांग्रेस, जसपा एउटै यात्राका सहयात्रीहरू बनेको बताए।
“हामी एउटै यात्राका सहयात्रीहरू हौँ, सडकबाट हामीले हाम्रो धारणा राखिसकेका छौँ,” उनले भने, “विगतमा पनि यस्ता खालका संकट निवारणका लागि हाम्रो सहयात्रा भएको थियो।”
उनले सरकारबाट संविधानको घाँटी अठ्याउने काम भएको आरोप लगाए। “संविधानको हत्या त भइसकेको भन्दिनँ म, तर हत्या गर्न घाँटी चाहिँ अँठ्याएको छ,” नेपालले भने।
कार्यक्रममा समसामयिक राजनीतिक परिस्थितिबारे जसपाका अध्यक्ष उपेन्द्रयादवले राजनीतिक दस्तावेज प्रस्तुत गरेका छन्। उक्त प्रस्तावले आफू खुसीले गदगद भएको उनले बताए।
उनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको भाषणको पनि उच्च प्रशंसा गर्दै भने, “रामचन्द्रजीको भाषणले मन गदगद मात्रै होइन, दूधझैँ उम्लियो।”
नेता नेपालले प्रतिनिधिसभा विघटनबारे राजनीतिक दलहरू, नागरिक समाजका प्रतिनिधिहरू, पूर्वप्रधान न्यायाधीशहरूलगायत सबै पक्षबाट विरोध व्यक्त भइरहेको बताए।
" /> काठमाडौँ। नेकपाको ‘प्रचण्ड–माधव’ समूहका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)लाई सडकमा सँगसँगै आउन भनेका छन्।संघीयता, समावेशीता र गणतन्त्रजस्ता उपलब्धिहरू गम्भीर संकटमा परेको भन्दै अब मञ्चमा मात्रै नभई सँगसँगै सडकमा जान भनेका हुन्।

">