एजेन्सी। चार महिनाअघि मृत्यु भएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीले राजा त्रिभुवन वीर विक्रम शाहले नेपाललाई भारतमा विलय गर्ने प्रस्ताव गरेको दाबी गरेका छन्।
मृत्यु पर्यान्त हिजो (मंगलबार) सार्वजनिक गरिएको मुखर्जीको आत्मकथा ‘द प्रेसिडेन्सियल इयर्स’ मा उक्त कुरा सार्वजनिक गरिएको छ।
कोरोना भाइरस संक्रमणका कारण मुजर्खीको मृत्यु सन् २०२० अगस्ट ३१ का दिन नयाँदिल्लीमा भएको थियो। उनको मृत्यु हुनु अगावै आत्मकथाको काम सकिएको थियो। रूपा प्रकाशनले मुखर्जीको आत्मकथालाई मंगलबार बजारमा ल्याएको हो।
आत्मकथामा राजा त्रिभुवनले नेपाललाई भारतमा विलय गर्न गरेको प्रस्तावलाई भारतका तत्कालीन प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुले अस्वीकार गरेको मुखर्जीले उल्लेख गरेका छन्।
राजा त्रिभुवनले नेपाललाई भारतमा विलय गर्ने प्रस्ताव गरेको बेला यदि नेहरुको ठाउँमा इन्दिरा गान्धी भएको भए नेपाल भारतमा विलय भइसकेको हुने दाबी उनले आत्मकथामा गरेका छन्। नेहरुको स्थानमा गान्धी भएको भए सिक्किमलाई जसरी नेपाललाई पनि भारतमा गाभ्ने उनले जनाएका छन्।
“नेहरुले कूटनीतिक चतुर्याइँका साथ नेपालसँग व्यवहार गरेको थिए। नेपालमा राणा शासनपछि राजसंस्थाले लोकतन्त्रलाई मजबुत बनाउन अहम् भूमिका निर्वाह गरेका छन्। चाखलाग्दो कुरा त यो छ कि राजा त्रिभुवन वीर विक्रम शाहले नेपाललाई एक प्रान्तको रूपमा भारतमा विलय गर्ने प्रस्ताव नेहरुसमक्ष गरेका थिए। तर नेहरुले यो प्रस्तावलाई अस्वीकार गरे।”
आत्मकथाको च्याप्टर ११ ‘माई प्राइममिनिस्टर्सः डिफरेन्ट स्टाइल्स, डिफरेन्ट टेम्परमेन्ट्स’ शीर्षकमा मुखर्जीले राजा त्रिभुवनले नेपाललाई भारतमा विलय गर्ने प्रस्ताव गरेको कुरा उल्लेख गरेका छन्।
आत्मकथामा मुखर्जीले लेखेका छन्, “नेहरुले कूटनीतिक चतुर्याइँका साथ नेपालसँग व्यवहार गरेको थिए। नेपालमा राणा शासनपछि राजसंस्थाले लोकतन्त्रलाई मजबुत बनाउन अहम् भूमिका निर्वाह गरेका छन्। चाखलाग्दो कुरा त यो छ कि राजा त्रिभुवन वीर विक्रम शाहले नेपाललाई एक प्रान्तको रूपमा भारतमा विलय गर्ने प्रस्ताव नेहरुसमक्ष गरेका थिए। तर नेहरुले यो प्रस्तावलाई अस्वीकार गरे।”
नेहरुले नेपाल एक स्वतन्त्र राष्ट्र भएको र नेपाल स्वतन्त्र रहनुपर्ने कुरा राजा त्रिभुवनलाई बताएको मुखर्जीले उल्लेख गरेका छन्।
मुखर्जीको आत्मकथालाई लिएर उनका छोरा र छोरीबीच मतभेद उत्पन्न भएको छ। मुखर्जीका छोरा अभिजित मुखर्जीले मंगलबार नै प्रकाशन गृहलाई पुस्तकको प्रकाशन रोक्न भनेका थिए। उनले पुस्तक एक पटक आफूले पढेपछि मात्र सार्वजनिक गर्न आग्रह गरेका थिए।
तर अभिजितकी बहिनी तथा कांग्रेस पार्टीकी प्रवक्ता शर्मिष्ठा मुखर्जीले भने मृत्यु अगाडि नै बुबा (प्रणव)ले पुस्तकलाई स्वीकृति दिएको जनाएकी छन्। शर्मिष्ठाले दाइ अभिजितलाई सस्तो लोकप्रियताबाट टाढै बस्न सुझावसमेत दिएकी छन्।