काठमाडौँ। नेपालले हिजो साउदी अरेबिया र कतारबीच भएको स्थल, हवाइ र समुद्र नाका खोल्ने सहमतिको स्वागत गरेको छ।
परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त सहमतिको स्वागत गरेको हो।
“साउदी अरेबिया र कतारबीच भएको स्थल, हवाइ र समुद्री मार्ग एक-अर्काको लागि फेरी खुला गर्ने निर्णयको नेपाल सरकार स्वागत गर्दछ,” परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनेको छ।
साढे तीन वर्ष अघि आतंकवादलाई बढवा दिएको भन्दै खाडी राष्ट्र साउदी अरब, युनाइटेड अरब इमिरेट्स (युएई), बहराइन र इजिप्टले कतारमाथि नाकाबन्दी गरेका थिए। कतार र साउदी अरबबीचको तनाव मत्थर पार्न कुवेतले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको थियो।
“गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) सदस्य राष्ट्रका नेताले हिजो जीसीसी सम्मेलनमा लिएको महत्त्वपूर्ण कदमले यसका केही सदस्य राष्ट्रबीच रहेका पेचिला मुद्दाहरूलाई सुल्झाउन योगदान दिनेछ। यसले यस क्षेत्रको स्थायित्व र सहयोगको भावनालाई अघि बढाउनेछ,” परारष्ट्रले भनेको छ।
जीसीसी सदस्य सबै राष्ट्रसँग नेपालको राम्रो सम्बन्ध रहेको परराष्ट्रले जनाएको छ। “नेपाल सरकार र जनता सधैँ खाडी क्षेत्रमा शान्ति, समृद्धि र विकास चाहन्छन्,” विज्ञप्तिमा उल्लेख छ।
" /> काठमाडौँ। नेपालले हिजो साउदी अरेबिया र कतारबीच भएको स्थल, हवाइ र समुद्र नाका खोल्ने सहमतिको स्वागत गरेको छ।परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त सहमतिको स्वागत गरेको हो।

">