काठमाडौँ। नेपाली कांग्रेसको राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि गम्भीर राजनीतिक प्रश्न उठाएका छन्।
राष्ट्रियसभा बैठकमा बोल्दै उनले प्रश्न गरेका छन्, “के राष्ट्रपति नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष हो? कार्यकर्ता हो?”
मुलुकको सम्मानित र उच्च ओहोदामा रहेको राष्ट्रपति संस्थालाई वर्तमान सरकारले हरेक कागजमा सही गर्न लगाएर बद्नाम बनाएको पनि उनले बताए। प्रतिनिधिसभा विघटन गरेर सरकार अधिनायकवादको बाटोमा हिँड्न रेखा कोरेको उनको टिप्पणी छ।
प्रधानमन्त्री ओलीसँगै नेकपाका नेताहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाललगायत सम्मिलित नेकपाले पाँच वर्ष पूरा सरकार चलाउन नसकेको बताए। जनतासँग सुखी नेपाली समृद्ध नेपाल बनाउँछु भन्दै मत मागेर प्राप्त गरेपछि सत्ताको उन्मादले अन्ततः प्रतिनिधिसभा विघटन गर्न पुगेको बताए।
" /> काठमाडौँ। नेपाली कांग्रेसको राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि गम्भीर राजनीतिक प्रश्न उठाएका छन्।राष्ट्रियसभा बैठकमा बोल्दै उनले प्रश्न गरेका छन्, “के राष्ट्रपति नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष हो? कार्यकर्ता हो?”

">