काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले आफ्नै पार्टीको नेतृत्वमा रहेको शक्तिशाली सरकारविरुद्ध पार्टीभित्रबाटै बञ्चरो चलाउने काम भएपछि प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको घोषणा भएको बताएका छन्।
प्रधानमन्त्री ओलीले भारी मन लिएर गरेको उक्त कदम बाध्यात्मक रूपमा चालेको बताए।
“प्रधानमन्त्रीले खुसीले गरेको काम होइन, भारी मन लिएर गर्नु भएको हो, परिस्थितिको बाध्यात्मक कदम हो,” उनले आजको राष्ट्रियसभा बैठकमा भने, “पार्टीभित्रैबाट सरकालाई काम गर्न दिइएन, नेतृत्वबाटै आफ्नै पार्टीको सरकारविरुद्ध सडक र सदनमा प्रदर्शन गरेर आनन्द लिने प्रवृत्ति देखियो।”
उनले तत्कालीन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई लक्षित गर्दै कहिल्यै पनि सरकारलाई कसरी बलियो बनाउने नगरेको बताए। बरु कसरी कमजोर बनाउन सकिन्छ भनेर योजनाबद्ध ढंगले प्रस्तुत भएको टिप्पणी गरे। अन्ततः दिनरातको किचकिच र अवरोधका कारण सरकारले काम गर्नै नसक्ने स्थिति बनेको बताए।
त्यसले गर्दा धमिलिन खोजेको राजनीतिलाई सङ्लो बनाउन जनतामा जानु अनिवार्य अवस्था बनेको र सरकारले प्रतिनिसधामा विघटन गरी निर्वाचनको मिति घोषणा गर्न बाध्य भएको उनले बताए।
" /> काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले आफ्नै पार्टीको नेतृत्वमा रहेको शक्तिशाली सरकारविरुद्ध पार्टीभित्रबाटै बञ्चरो चलाउने काम भएपछि प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको घोषणा भएको बताएका छन्।प्रधानमन्त्री ओलीले भारी मन लिएर गरेको उक्त कदम बाध्यात्मक रूपमा चालेको बताए।

">