काठमाडौँ। राष्ट्रियसभा सदस्य डा. विमला पौडेल राईले राष्ट्रपति विद्यादेवी भण्डारीको यौनिकतामाथि हमला भएको बताएकी छिन्।
प्रतिनिधिसभा विघटनको विषयलाई लिएर नेकपाको ‘प्रचण्ड-माधव’ नेपाल समूहले राजधानी काठमाडौंमा केही दिनअगाडि गरेको प्रदर्शनमा “तिम्रो सिन्दुर कहाँ गयो? तिम्रो पोते कहाँ गयो?” भन्ने जस्ता नारा लगाएर राष्ट्रपतिमाथि यौनिक हमला गरेको बताइन्।
राष्ट्रियसभाको आजको बैठकमा बोल्दै उनले असाध्यै दुःखलाग्दो घटना घटेको बताइन्। “संसद् विघटन भएको विरोधमा तीन–तीन जना पूर्वप्रधानमन्त्रीहरू, बारम्बार सांसद भएकाहरू, बारम्बार मन्त्री भएकाहरू भएको प्रदर्शनमा राष्ट्रपतिको यौनिकतामाथि एकदमै धेरै हमाला भएको छ,” उनले भनिन्।
यस्तै, राष्ट्रपति भण्डारीलाई जोडेर लागेका नाराहरू पुरुष राष्ट्रपति भएर त्यही काम गरेको भए त्यस्तो नारा नलाग्ने उनले बताएकी छिन्। राष्ट्रपति भण्डारीमाथि लागेको नाराले सम्पूर्ण नेपाली महिलाहरूको शीर निहुर्याउने काम भएको भन्दै गुनासो गरिन्।
राजनीति गर्ने मान्छेले राजनीतिक संस्कार बोक्ने भन्दै त्यस्तो नारा लगाउँदा पनि मुकदर्शक बन्नेहरूलाई राजनीतिज्ञ भन्न नमिल्ने बताइन्।
" /> काठमाडौँ। राष्ट्रियसभा सदस्य डा. विमला पौडेल राईले राष्ट्रपति विद्यादेवी भण्डारीको यौनिकतामाथि हमला भएको बताएकी छिन्।प्रतिनिधिसभा विघटनको विषयलाई लिएर नेकपाको ‘प्रचण्ड-माधव’ नेपाल समूहले राजधानी काठमाडौंमा केही दिनअगाडि गरेको प्रदर्शनमा “तिम्रो सिन्दुर कहाँ गयो? तिम्रो पोते कहाँ गयो?” भन्ने जस्ता नारा लगाएर राष्ट्रपतिमाथि यौनिक हमला गरेको बताइन्।

">