काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजो अमेरिकी संसद (क्यापिटल विल्डिङ)मा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले गरेको प्रदर्शन र तोडफोडका दृश्यले आपूलाई चकित पारेको बताएका छन्।
देउवाले आज ट्वीटरमार्फत् अमेरिकी जनताको चाहना शान्तिपूर्ण सत्ता हस्तान्तरण रहेकोसमेत जनाएका छन्।
“अमेरिकी कंग्रेसमा देखिएका अपमानजनक दृश्यले म चकित परेको छु,” देउवाले ट्वीटर मार्फत भनेका छन्, “जनताले भनेका छन्– सत्ता हस्तान्तरण शान्तिपूर्ण रूपमा हुनुपर्छ। हामी अमेरिकी जनताको आगामी शान्तिमय होस् भन्ने कामना गर्दछौँ।”
अमेरिकी संसदले बुधबार राष्ट्रपति र उपराष्ट्रपति पदमा विजयीको नाम औपचारिक रूपमा घोषणा गर्ने कार्यक्रम रहेको थियो। संसदभित्र सोही छलफल चलिरहेका बेला ट्रम्प समर्थित प्रदर्शनकारीहरूले तोडफोड गर्दै संसद भवन प्रवेश गरेका थिए।
प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले गोलीसमेत चलाउन परेको थियो। प्रहरीको गोली लागी एकजना महिलाको मृत्यु भएको थियो। प्रदर्शनीमा हालसम्म चारजनाको मृत्यु भइसकेको छ।
केही साताअघि भएको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा जो बाइडन विजयी भएका थिए। उक्त निर्वाचनको मत मरिणामलाई राष्ट्रपति ट्रम्पले हालसम्म स्वीकारेका छैनन्।
" /> काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजो अमेरिकी संसद (क्यापिटल विल्डिङ)मा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले गरेको प्रदर्शन र तोडफोडका दृश्यले आपूलाई चकित पारेको बताएका छन्।देउवाले आज ट्वीटरमार्फत् अमेरिकी जनताको चाहना शान्तिपूर्ण सत्ता हस्तान्तरण रहेकोसमेत जनाएका छन्।

">