काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्तव्य राख्ने क्रममा दुईजनाले उनको भाषणकै बीचमै ‘डिस्टर्ब’ गरेका छन्।
सभापति देउवाले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकोले यस विषयमा सडकमा जुलुस निकालेर अदालतलाई प्रभावित पार्न नहुने जनाएका छन्। काठमाडौँमा आज आयोजित एक कार्यक्रममा देउवाले अगाडि भने, “तर सर्वोच्च अदालतभन्दा नेपाली जनता ठूलो हो, त्यसैले हामी अब जनतामा जानुपर्छ।”
देउवाको मन्तव्यबीच यति भन्दै गर्दा सहभागी एक महिलाले चर्को स्वरमा जवाफ फर्काइन्, “जनतामा गए पनि जितिँदैन।” अनि केहीबेरपछि उनले थपिन्, “देशका लागि सोचौँ।”
सहभागी महिलाले यति भनेपछि मञ्चबाट शेरबहादुर देउवाले ती महिलालाई त्यहाँबाट हटाउन संकेत गरे। तर महिला भने त्यहाँबाट जान चाहिनन्। उनले भनिन्, “म यहीँ बस्छु, किन मलाई हटाउन खोजेको?”
यसपछि मञ्चबाट देउवाले जंगिदै भने, “तपाई नबोल्नुहोस्, पछि बोल्नुहोस् न।”
यति भनेपछि देउवाले पुनः मन्तव्य राख्न सुरु गरे। त्यहीबेला प्रहरी आएर बीचमा बोल्ने महिलालाई त्यहाँबाट हटाउन खोजे। यता मञ्चमा भने ती महिलाको मतलब नगर्दा हुने सुझाए।
फेरि केही बेरमा अर्का एक सहभागी पुरुषले बोले, “यस्तो हो नि, महाभारतको भीष्मको रूपमा रहनु हुँदैन के!”
त्यसपछि देउवा पनि अलि जंगिए, “के?”
अनि देउवाले ती पुरुष बसेको ठाउँबाट हटाउनका लागि हातले संकेत गरे अनि भने, “तपाईँहरूले दोहोरो कुरा गर्ने होइन!”
बीचका यी ‘डिस्टर्ब’ गरिएका घटनापछि स्थिति सहज भएको छ र हाल देउवा पुनः उक्त विरोध सभा कार्यक्रमलाई सम्बोधन गरिरहेका छन्।
" /> काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्तव्य राख्ने क्रममा दुईजनाले उनको भाषणकै बीचमै ‘डिस्टर्ब’ गरेका छन्।सभापति देउवाले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकोले यस विषयमा सडकमा जुलुस निकालेर अदालतलाई प्रभावित पार्न नहुने जनाएका छन्। काठमाडौँमा आज आयोजित एक कार्यक्रममा देउवाले अगाडि भने, “तर सर्वोच्च अदालतभन्दा नेपाली जनता ठूलो हो, त्यसैले हामी अब जनतामा जानुपर्छ।”

">