काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देश प्रतिनिधिसभाको निर्वाचनतर्फ उन्मुख भएको बताएका छन्।
प्रतिनिधिसभाको पाँच वर्षे अवधि अगावै नयाँ जनादेश माग्न जनताको बीचमा जान लागिएको उनले बताए।
राष्ट्रियसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले अवधि पूरा नहुँदै जनादेशका लागि प्रतिनिधिसभा विघटन गरेर जानुको दोष पार्टीका तत्कालीन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल ‘प्रचण्ड-नेपाल’ समूहलाई दिए।
“हामीले सोचेका थियौं, प्रतिनिधिसभा पाँच वर्षसम्म चल्नेछ र यसमा बिनाविग्रह प्रतिनिधिसभाले आफूलाई लगातार देश र जनताको सेवामा संविधानको रक्षा र कार्यान्वयनको सन्दर्भमा, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र कार्यान्वयनको सन्दर्भमा, बिनाव्यवधान काम गर्न पाउनेछ र त्यसरी काम गर्न पाउने सोचेका थियौं तर, त्यस्तो भएन,” प्रधानमन्त्री ओलीले भने।
जनताले असाधारण विश्वासका साथ सुम्पिएका अभिभारालाई संविधानसम्मत, लोकतान्त्रिकक प्राणालीका मूल्य मान्यता र अभ्यासको आधारमा सरकार अगाडि बढिरहँदा सरकारलाई काम गर्न नदिने जहिले पनि झमेला मात्रै सिर्जना गर्ने काम भएको बताए।
केही व्यक्तिका व्यक्तिगत आंकाक्षाहरू, महत्वकांक्षाहरू र पदलोलुपताले राष्ट्रिय राजनीतिलाई प्रदूषित पार्न खोज्ने र मुलुकलाई अस्थिरतातर्फ धकेल्ने खेल भएको उनको भनाइ छ। यस्तै अस्वस्थ, अनुचित र अलोकतान्त्रिक जालझेलबाट देशलाई मुक्त गर्न प्रतिधिनिसभा विघटन गरिएको प्रस्ट पारे।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देश प्रतिनिधिसभाको निर्वाचनतर्फ उन्मुख भएको बताएका छन्।प्रतिनिधिसभाको पाँच वर्षे अवधि अगावै नयाँ जनादेश माग्न जनताको बीचमा जान लागिएको उनले बताए।

">