काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको आन्तरिक गुटका कारण सरकारले काम गर्न नसकेको बताएका छन्।
सरकारलाई काम गर्न नै नदिइएको भन्दै उनले त्यसका लागि एउटै नेताको घरमा पटक-पटक बैठक बस्ने गरेको बताए।
“गएको वैशाश १३ गतेदेखि पुस ४ गतेसम्म एउटै नेताको घरमा २८० बैठक बसे। त्यसमा ३५ बैठक अन्यत्र बसे,” राष्ट्रियसभाको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “गुटका बैंठक पार्टीविरुद्धका बैठक, पार्टीलाई नै विभाजित गर्न खोज्नेहरू त्यसरी बैठकमा बसिरहे। सरकारले काम गरिरहेकै छ। तर, त्यसो गर्नुको कारण के हो?”
काममा व्यवधान खडा गर्ने, जहिले पनि झमेलामात्र खडा गर्ने प्रवृति देखिएको उनले बताए। “केही व्यक्तिका आकांक्षा र पद लोभका कारण राष्ट्रिय राजनीतिलाई नै प्रभावित गर्न खोज्ने, स्थिरता हुन नदिने खालको समस्या देखापर्यो,” प्रधानमन्त्री ओलीले भने।
बहुमतलाई टुक्र्याउने, बहुमतलाई खण्डित गर्ने, बहुमतलाई ध्वस्त गर्ने र फेरि अस्वस्थ, अनुचित, अलोकतान्त्रिक लेनदेन, जालझेल र षड्यन्त्रबाट देशको राजनीतिलाई ६÷६ महिनामा प्रधानमन्त्री फेर्ने खालको अस्थिरतातर्फ धकेल्ने, काम हुन नपाउने, जोडघटाऊ, मोलतोल, लेनदेनमै सरकारको समय गएको उनको भनाइ छ।
संसद्लाई प्रभावकारी ढंगले काम गर्न नदिने, कतिपय विधेयकहरू अड्काइदिने, सरकारले प्रस्तुत गरेका प्रस्ताव निर्णयार्थ प्रस्तुत नै नगरी फिर्ता पठाउने गरेको, तर यो प्रणाली नै बेठिक भयो भन्ने निश्कर्ष निकाल्न खोज्ने तत्वहरूका कारण सरकार सही ढंगले अगाडि बढ्न नसकेको प्रधानमन्त्री ओलीले बताए।
सरकारले विकास निर्माणको काम तीव्रताका साथ अगाडि बढाएको उनको भनाइ छ।
रानीपोखरीको पुनर्निर्माण सम्पन्न, सात लाख भूकम्पपीडितका लागि घर पुनर्निर्माण, विभिन्न ऐतिहासिक, साँस्कृतिक धरोहरको पुनर्निर्माणसमेत सम्पन्न भएको उनको भनाइ छ।