काठमाडौँ। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभा निर्वाचनको आवश्यक सुरक्षा तयारी गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई मुलुक प्रतिनिधिसभाको निर्वाचनतर्फ केन्द्रित भएकोले आवश्यक सुरक्षाको तयारी गर्न मन्त्री थापाले निर्देशन दिएका हुन्।
गृह मन्त्रालयमा आज आयोजित बैठकमा मन्त्री थापाले निर्वाचनको पक्षमा क्रमशः माहोल बन्दै गइरहेको पनि बताए।
लोकतान्त्रिक अभ्यासमा संलग्न राजनीतिक दललगायत सबै सरोकारवालाहरूले आ-आफ्ना कार्यक्रम तथा गतिविधि सञ्चालन गर्दा विगतमा जस्तै शान्तिपूर्ण रूपले गर्न पनि मन्त्री थापाले आग्रह गरेका छन्।
बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि सहभागी थिए। उनले विगतका निर्वाचनमा भएको खर्च विश्लेषण गरी मितव्ययीतालाई ध्यान दिँदै निर्वाचन केन्द्रित बजेट प्रस्ताव गर्न निर्देशन दिएका छन्।
उक्त प्रस्ताव गृह मन्त्रालयमार्फत पठाउनुपर्ने बताए। उनले निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने बजेटको अभाव हुन नदिइने प्रतिबद्धतासमेत व्यक्त गरे।
बैठकमा गृह मन्त्रालय तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागको तर्फबाट हाल मौजुदा श्रोतसाधन तथा निर्वाचन प्रयोजनमा आवश्यक पर्ने थप स्रोत साधन व्यवस्थापन सम्बन्धमा प्रारम्भिक खाका प्रस्तुत गरेका थिए।
" /> काठमाडौँ। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभा निर्वाचनको आवश्यक सुरक्षा तयारी गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई मुलुक प्रतिनिधिसभाको निर्वाचनतर्फ केन्द्रित भएकोले आवश्यक सुरक्षाको तयारी गर्न मन्त्री थापाले निर्देशन दिएका हुन्।

">