काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा राष्ट्रियसभाका सदस्य दीनानाथ शर्माले नेकपाका नेताहरूले आफ्नै घर जलाएर खरानीको टीका लगाएको आरोप लगाएका छन्।
देखापढीसँग कुराकानी गर्दै पूर्वशिक्षामन्त्रीसमेत रहेका शर्माले एकआपसमा गाली गलौज र आक्रोस पोख्ने नाममा असभ्यताको सीमा ननाघ्नसमेत आग्रह गरेका छन्।
हाल नेकपाको दुईमध्ये कुनै समूहमा पनि नरहेका उनले नेकपा आफ्नै अहमले विनासको बाटोतर्फ अघि बढेको बताए।
“नेताहरूको आक्रोस छताछुल्ल सडकमा पोखिँदै छ। तर यसले भोलि के असर पर्छ भन्ने बारेमा कसैको ध्यान गएको छैन,” शर्माले भने।
नेकपाको प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्रीलाई ‘पदबाट हटाइदिन्छु’ भन्नु र प्रधानमन्त्रीले एकलौटी ढंगले संसद् विघन गर्नु दुवै अहम भएको उनले जनाए।
“यही अहम र इगोले नेकपामा विनास भएको छ,” नेता शर्माको भनाइ छ, “आज नेताहरूको पछि-पछि लागेर कार्यकर्ताले चर्का कुरा गर्नु हुँदैन। भोलि नेताहरू मिल्दा नाराबाजी र गाली गर्नेहरू अलपत्र पर्छन्। नेताहरू स्वार्थ मिल्ने बेला मिलिहाल्छन् तर कार्यकर्ताले यो विषय नबुझेको जस्तो लाग्यो।”
विदेशीलाई घर झगडामा निम्त्याएर मुलुकलाई अस्थिरतातर्फ लैजान खोजेकोप्रति उनले असन्तुष्टि जनाए। नेता शर्माले विश्वमा कम्युनिस्टहरू शक्तिशाली भएर पछि आफ्नै कारण विलय हुँदै गएकोसमेत स्मरण गरे। “नेपालका कम्युनिस्टहरूको पनि त्यो अवस्था आउँदै छ,” उनले भने।