काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग आफ्नो सम्बन्ध अहिलेसम्मकै सबैभन्दा राम्रो भएको जनाउँदै वर्ष २०२१ बाट नेपाल-भारतबीच कुनै समस्या नहुने दाबी गरेका छन्।
“मेरो भारतसँग सम्बन्ध अहिले असाध्यै राम्रो छ। अहिलेसम्मकै सबैभन्दा राम्रो सम्बन्ध बनेको छ,” दुई जना भारतीय टेलिभिजन पत्रकारहरूसँग छुट्टा-छुट्टै कुराकानी गर्दै उनले भने।
नेपाल र भारतबीचको सम्बन्ध ‘फाइनल स्टेज’मा पुगेकोसमेत उनले बताए।
“ब्रिटिस इण्डियाको बेला हामीले युद्ध गर्यौं। त्यसपछि हामी क्रमिकरूपमा मित्रतालाई विकसित गर्दै आएका छौं। र, हाम्रो सम्बन्धलाई पूर्णता दिन अहिले हामी ‘फाइनल स्टेज’मा छौं। यसले सम्बन्धलाई नयाँ उचाइ प्रदान गर्नुका साथै विस्तार गर्नेछ। जहाँ कुनै पनि समस्या हुने छैनन्,” प्रधानमन्त्री ओलीले भारतीय पत्रकार पाल्की शर्मा उपाध्यायसँगको अन्तर्वार्तामा भने।
“कसैलाई पनि नेपाली भूमिमा चेक पोष्ट राख्न हामी अनुमति दिँदैनौं। चीनलाई पनि दिँदैनौं,” प्रधानमन्त्री ओलीले भने।
अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा स्पष्ट धारणा राखेका थिए। उनले भारतसँग सम्वादमार्फत् ती भूमि नेपालमा फिर्ता ल्याउनेसमेत जनाए।
सन् १९६२ देखि कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतले अतिक्रमण गरी बसेको छ। भारतले ती क्षेत्रमा आफ्नो सेना तैनाथ गरेको छ। कालापानीमा भारतीय सेनाको ठूलो पोस्ट नै रहेको छ। सन् १९६२ मा भारत-चीनबीच युद्ध हुँदा भारतले कालापानी क्षेत्रमा पोस्ट खडा गरी सेना राखेको थियो।

सन् १९५२ देखि १९६९ सम्म नेपालको उत्तरी नाकामा भारतका १८ वटा सैनिक पोस्ट रहेका थिए। दार्चुला, बझाङ, हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, मनाङ, गोर्खा (दुई वटा), रसुवा (दुई वटा), सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ (दुई वटा) र पाँचथर जिल्लामा भारतीय चेक पोस्ट रहेका थिए। पछि कूटनीतिक सम्वादमार्फत सन् १९६९ मा ती पोस्ट हटाइएको थियो।
त्यतिबेला भारतले नेपाल सरकारसँग अनुमति लिएर १८ स्थानमा चोकपोस्ट राखेको थियो। तर कालापानीमा भने नेपाल सरकारसँग अनुमति नलिई भारतले आफ्ना सेना राखेको थियो। सन् १९६९ मा भारतले १८ वटा चेकपोस्ट हटायो तर कालापानीमा राखेको भने हटाएन।
प्रधानमन्त्री ओलीले कूटनीतिक संवादमार्फत् नै कालापानी, लिपुलेख र लिम्पियाधुरा भारतबाट फिर्ता ल्याउने दाबी गरेका छन्।
“अहिले सुस्ता, कालापानी, लिपुलेख र लिम्पियाधुरामा केही समस्या छ। हामी संवादमार्फत् यसको समाधान गर्नेछौं। २०२१ यस्तो वर्ष हुनेछ, जुन वर्ष नेपाल र भारतबीच कुनै समस्या हुने छैन,” प्रधानमन्त्री ओलीले भने।
गएको भानुजयन्तीको अवसरमा आफूले दिएको ‘राम नेपालमा जन्मेका हुन्’ भन्ने अभिव्यत्ति राजनीतिक विषय नएकोसमेत उनले स्पष्ट पारे। उनले भने, “यो संस्कृति, सभ्यताको अनुसन्धान गर्ने विषय हो। मैले किन यो तथ्य बोले, किन त्यो बेला बोलेँ भन्नेको अर्थ छ। यो रजानीति होइन, ऐतिहासिक तथ्य हो।”
“हामी हाम्रो आत्मनिर्भरता र स्वतन्त्रतामाथि गर्व गर्छौं। अरूले निर्देशन दिएको र गाइड गरेको हामीलाई स्वीकार्य छैन। हामी अरूले दिएको निर्देशन मान्दैनौं। हामी स्वतन्त्र रूपमा हाम्रा मुद्दाहरूको निर्णय गर्छौं। उत्तर र दक्षिण कतैको कुनै पनि प्रकारको हस्तक्षेप हामीलाई सह्य हुँदैन।"
नेपालको राजनीतिमा चिनियाँ हस्तक्षेप बढेको भन्ने कुरालाई प्रधानमन्त्री ओलीले अस्वीकार गरे। उत्तर र दक्षिण कतैको पनि हस्तक्षेप सह्य नहुने उनले बताए।
“हामी हाम्रो आत्मनिर्भरता र स्वतन्त्रतामाथि गर्व गर्छौं। अरूले निर्देशन दिएको र गाइड गरेको हामीलाई स्वीकार्य छैन। हामी अरूले दिएको निर्देशन मान्दैनौं। हामी स्वतन्त्र रूपमा हाम्रा मुद्दाहरूको निर्णय गर्छौं। उत्तर र दक्षिण कतैको कुनै पनि प्रकारको हस्तक्षेप हामीलाई सह्य हुँदैन,” प्रधानमन्त्री ओलीले भने।
दुई छिमेकी भारत र चीन एकका विरुद्ध अर्को कार्ड प्रयोग गर्न नहुने उनले जनाए। कार्ड प्रयोग गर्दा कसैको हित नहुनेसमेत उनले बताए। उनले थप स्पष्ट पारे, “कार्ड प्रयोग गर्दा कसैको पनि हित हुँदैन। एकका विरुद्ध अर्को हामी कार्ड खेल्दैनौं,” उनले भने।
भारत र चीनबीचको सीमा विवादमा नेपालले कसैको पक्ष नलिनेसमेत उनले बताए। नेपालको नीति तटस्थता रहेको उनले जनाए।
“गलवानमा भारत र चीनबीच सीमा विवाद छ, तर गलवानसँग हाम्रो कुनै लेनादेना छैन। हाम्रो नीति तटस्थता हो। हामी दुवैको पक्षमा छैनौं,” प्रधानमन्त्री ओलीले भने।
भारत र चीनबीचका विवाद सुल्झाउन आवश्यक परेमा मध्यस्थकर्ताको भूमिका आफूले निभाउन सक्ने दाबी उनले गरे।
“चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच मध्यस्थकर्ताको भूमिका निभाउन सक्छु। दुवै मेरो समान उमेरका साथी हुन्। हामी सबै लामो समयदेखि राजनीतिमा छौं। हामी साथीजस्तो होइन, साथी नै हौं,” प्रधानमन्त्री ओलीले जी न्यूजका पत्रकार सुधीर चौधरीसँगको अन्तर्वार्तामा भने।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग आफ्नो सम्बन्ध अहिलेसम्मकै सबैभन्दा राम्रो भएको जनाउँदै वर्ष २०२१ बाट नेपाल-भारतबीच कुनै समस्या नहुने दाबी गरेका छन्।“मेरो भारतसँग सम्बन्ध अहिले असाध्यै राम्रो छ। अहिलेसम्मकै सबैभन्दा राम्रो सम्बन्ध बनेको छ,” दुई जना भारतीय टेलिभिजन पत्रकारहरूसँग छुट्टा-छुट्टै कुराकानी गर्दै उनले भने।

">