काठमाडौँ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीन दिने भारत भ्रमणको सिलसिलामा बिहीबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन्। उनको भारतको भ्रमणको औपचारिक घोषणा आज परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी गरेको हो।
“परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवाली नेपाल-भारत संयुक्त आयोगको छैटौँ बैठकमा सहभागी हुन जनवरी १४ देखि १६ सम्म भारतको भ्रमण गर्दै हुनुहुन्छ,” परराष्ट्रले विज्ञप्तिमार्फत भनेको छ।
संयुक्त आयोगको बैठकमा नेपाल-भारत सम्बन्धका सम्पूर्ण आयमहरूमा छलफल गरिने परराष्ट्रले जनाएको छ। बैठकमा व्यापार, वाणिज्य, पारवाहन, ऊर्जा, सीमा, कोभिड-१९ सहयोग, पूर्वाधार, कनेक्टीभिटी, लगानी, कृषि, पर्यटन, संस्कृतिलगायतका विषयहरूमा छलफल हुनेछ।
नयाँ दिल्लीमा रहँदा परराष्ट्रमन्त्री ज्ञवालीले भारतका उच्चस्तरीय व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
परराष्ट्रमन्त्रीको नेतृत्वमा संयुक्त आयोगको बैठकमा सहभागी हुने नेपाल टोलीमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, परराष्ट्र सचिव भारतराज पौड्याल, स्वास्थ्य सचिवलगायत रहेका छन्। परराष्ट्रमन्त्री ज्ञवालीको माघ ३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
" /> काठमाडौँ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीन दिने भारत भ्रमणको सिलसिलामा बिहीबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन्। उनको भारतको भ्रमणको औपचारिक घोषणा आज परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी गरेको हो।“परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवाली नेपाल-भारत संयुक्त आयोगको छैटौँ बैठकमा सहभागी हुन जनवरी १४ देखि १६ सम्म भारतको भ्रमण गर्दै हुनुहुन्छ,” परराष्ट्रले विज्ञप्तिमार्फत भनेको छ।

">