मलङ्गवा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा शहरी विकास मन्त्री प्रभु साहले प्रचण्डले माओवादी पहिचान बेचेर खाइसकेको बताएका छन्।

सोमबार नेकपा सर्लाही जिल्ला कमिटीद्वारा सदरमुकाम मलङ्वामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका नेता साहले प्रचण्डले अब माओवाद वा माओवादी विरासतको कुरा नहुने टिप्पणी गरे। माओवादको जगमा जनयुद्धमार्फत् देशले परिवर्तन हासिल गरेको तर प्रचण्डले आफ्नो निजी स्वार्थ पूर्ति गर्न माओवादलाई बेचेर खाइसकेकोले वर्तमान व्यवस्था र परिवर्तनमा समेत प्रचण्डले आफ्नो नाम जोड्न नहुने नेता साहको तर्क छ।

प्रचण्डले माओवादी मुद्दा र विचार मात्र नभई पार्टीको चुनाव चिह्न र माओको अनुहारसमेत बिर्सिसकेको नेता साहले वताए।

“आज प्रचण्डजीले माओवादको कुरा गर्दै हुनुहुन्छ। उहाँलाई लाग्छ कि उहाँ सम्पूर्ण माओवादीको नेता हो, म सोध्न चाहन्छु प्रचण्डजीलाई, उहाँले माओवादको कुरा गर्न सुहाउँछ र? उहाँले त माओवाद जमानामा बेचेर खाइसक्नुभएको छ,” नेता साहले भने, “पदको लोभमा माओवादी विचारको यतिसम्म व्यापार गर्नुभयो कि अचेल उहाँले माओको अनुहार पनि बिर्सिनुभएको छ। तपाईँले कतै देख्नुभएको छ माओको तस्वीर राखेको? प्रचण्डले बेचेर खाइसकेको माओवाद तपाइँ हामीले जोगाएका हौँ, प्रचण्डको भ्रमको पछि नलागौँ।”

“अहिले तपाईँ देख्न सक्नुहुन्छ, प्रचण्डजी तत्कालीन माओवादीको सबै मुद्दाहरू छोडेर माधव नेपालको एजेन्डा बोकेर वकालत गर्दै हुनुहुन्छ। यहाँसम्म कि माओवादीको चुनाव चिह्न बिर्सेर सूर्य चिह्नको लागि आन्दोलन गर्दै हुनुहुन्छ,” नेता साहले थपे, “अरु कुरा त के भन्नू उहाँले माओको तस्वीरसमेत हटाइसक्नु भयो, कुरामा चाहिँ माओवादी रे! लाज लाग्नुपर्ने आफूलाई माओवादी भन्न। उहाँले माओवादको व्यापार मात्र गर्नुभएको छ।”

कार्यक्रममा नेकपा सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्थायी कमिटी सदस्यद्वय सत्यनारायण मण्डल र रघुवीर महासेठ, प्रदेश सचिव एवं राष्ट्रिय सभा सदस्य सुमन प्याकुरेल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठलगायतका नेताहरूको उपस्थिति रहेको थियो।

" /> मलङ्गवा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा शहरी विकास मन्त्री प्रभु साहले प्रचण्डले माओवादी पहिचान बेचेर खाइसकेको बताएका छन्।

"> प्रचण्डले माओवादी पहिचान बेचेर खाई सके : प्रभु साह: Dekhapadhi
प्रचण्डले माओवादी पहिचान बेचेर खाई सके : प्रभु साह

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्