काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता लालबाबु पण्डितले वामदेव गौतमको अस्थिर कदमले नेकपा फुट्ने भूमिका खेलेको आरोप लगाएका छन्।
नेकपा विभाजित भएपछि कुुनै पनि समूहमा नगएका पूर्वमन्त्रीसमेत रहेका नेता पण्डितले देखापढीसँग कुरा गर्दै भने, “वामदेव गौतम नेकपाको उपाध्यक्ष हुनुहुन्छ। उहाँसँग मैले अढाइ घण्टा लामो छलफल गरेँ। अहिले उहाँ नेकपा एकता गरेर आफू अध्यक्ष बन्न चाहनुहुन्छ।”
विगतमा पनि वामदेवले नेताहरूलाई फरक-फरक आश्वासन दिई नेताहरूबीच दूरी बढाउने काम गरेको आरोप उनले लगाए। गौतमले कहिले कसैलाई कहिले कसैलाई साथ दिने गरेका कारण नेकपा विभाजनको बाटोमा गएको उनले बताए।
“नौ जना रहेको नेकपा सचिवालयमा वामदेव गौतमले नै चार र पाँच जनाको समूहमा भूमिका खेले। वामदेव नभएको भए सचिवालयमा बहुमतको दम्भ कसैमा पलाउँदैन थियो। दुवै अध्यक्षलाई वामदेवले पालैपालो आश्वासन दिनुभयो। अनि सचिवलयमा टाउको गन्ने काम सुरू भयो,” नेता पण्डितले भने।
उनले अझै पनि नेकपा एक हुन सक्ने आशा व्यक्त गरे। नेकपा एक हुनका लागि गौतमले खेलेको भूमिका अहिले सकारात्मक रहेको बताएका छन्।
“नेताहरू मन नलागी-नलागी शीर्ष नेताहरूको पछि नाराबाजी गर्न बाध्य छन्। तर, नेकपा साँच्चिकै फुट्यो भने तेस्रो नेकपा जन्मने सम्भावना छ। जनताको बहुदलीय जनवादलाई नै मूल सिद्धान्त मान्ने नेकपाका नेताहरू दुवै समूहमा जान चाहेका छैनन्,” उनले भने।
यसकारण नेकपाका नेताहरूको तेस्रो समूह पनि संगठित रूपमै बलियो बन्न सक्ने प्रवल सम्भावना रहेको उनले बताए।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता लालबाबु पण्डितले वामदेव गौतमको अस्थिर कदमले नेकपा फुट्ने भूमिका खेलेको आरोप लगाएका छन्।नेकपा विभाजित भएपछि कुुनै पनि समूहमा नगएका पूर्वमन्त्रीसमेत रहेका नेता पण्डितले देखापढीसँग कुरा गर्दै भने, “वामदेव गौतम नेकपाको उपाध्यक्ष हुनुहुन्छ। उहाँसँग मैले अढाइ घण्टा लामो छलफल गरेँ। अहिले उहाँ नेकपा एकता गरेर आफू अध्यक्ष बन्न चाहनुहुन्छ।”

">