काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले भारतीय पत्रकार सुधिर चौधरीले सगरमाथाका बारेमा गरेको टिप्पणी हावादारी भएको भन्दै टिप्पणी गर्नसमेत लायक नभएको जनाएका छन्।
भारतीय न्युज च्यानल जी न्युजका पत्रकार चौधरीले ‘माउन्ट एभरेष्ट’को नाम बदलेर ‘सिकन्दर’ राख्नुपर्ने भन्दै टिभी कार्यक्रमार्फत् प्रस्ताव गरेपछि अध्यक्ष थापाले सामाजिक सञ्जालबाट उडाएका हुन्।
“सगरमाथासम्बन्धी एक भारतीय पत्रकारको टिप्पणी हावादारी, उडन्ते र अनुपयुक्त छ,” थापाले ट्वीट गरेका छन्।
नेपालमा एक मामुली भारतीय पत्रकारले बोलेको विषयलाई मिडियामा अनावश्यक रूपमा कभरेज भएपछि थापाले सो ट्वीट गरेको देखिन्छ।
" /> काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले भारतीय पत्रकार सुधिर चौधरीले सगरमाथाका बारेमा गरेको टिप्पणी हावादारी भएको भन्दै टिप्पणी गर्नसमेत लायक नभएको जनाएका छन्।भारतीय न्युज च्यानल जी न्युजका पत्रकार चौधरीले ‘माउन्ट एभरेष्ट’को नाम बदलेर ‘सिकन्दर’ राख्नुपर्ने भन्दै टिभी कार्यक्रमार्फत् प्रस्ताव गरेपछि अध्यक्ष थापाले सामाजिक सञ्जालबाट उडाएका हुन्।

">